site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
के डोनाल्ड ट्रम्प क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउन चाहन्छन् ?

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका विषयमा फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । करका विषयमा ट्रम्प र क्यानडाबीच तनाव बढिरहेका बेला उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले यसअघि क्यानडामाथि कर लगाउने बताएका थिए । यति बेला भने उनले सामाजिक सञ्जाल ट्रुथमा राखेको एउटा पोस्टले चर्चा पाइरहेको छ । पोस्टमा उनले क्यानडाका अधिकांश नागरिक अमेरिकाको ५१औँ राज्य बन्न चाहेको उल्लेख गरेका छन् ।

“कसैले जवाफ दिन सक्दैन, किन हामी क्यानडालाई वार्षिक एक अर्ब डलरभन्दा बढी सब्सिडी दिन्छौँ ? यसको कुनै अर्थ छैन ! धेरै क्यानडाली यो अमेरिकाको ५१औँ राज्य होस् भन्ने चाहन्छन् । यसले उनीहरूको कर र सैन्य सुरक्षामा धेरै बचत गर्नेछ । मलाई लाग्छ, यो एक उच्च विचार हो । ५१औँ राज्य,” डोनाल्ड ट्रम्पले लेखेका छन् ।

ट्रम्पले यसअघि आप्रवासी र अवैध लागुऔषध कारोबार रोक्न क्यानडा र मेक्सिकोमाथि कर लगाउनु आवश्यक रहेको बताएका थिए ।

उनले आउँदो जनवरी २० मा पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका थिए ।

क्यानडा र अमेरिका विश्वको सबैभन्दा लामो स्थल सिमाना जोडिएको देशमा पर्छन् । दुई देशबीचको व्यापार एक ट्रिलियन डलरभन्दा बढीको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro