site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कौन बनेगा करोडपति’को छायांकनमा फर्किने तयारीमा अमिताभ बच्चन
Siddhartha BankSiddhartha Bank

एजेन्सी । हालै कोरोना संक्रमणमुक्त भएका बलिउड अभिनेता अमिताभ बच्चन काममा फर्किने तयारीमा छन् । 

बुधबार यसबारे जानकारी दिँदै आवश्यक सुरक्षा अपनाएर ‘कौन बनेगा करोडपति’ को प्रोमो छायांकन सुरु गर्न लागेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“केबीसीको प्रोमो र केबीसी छायांकनका लागि तयारी भइरहेको छ । प्रोटोकल अनुसार सानो टिममा आवश्यक सुरक्षा अपनाएर छायांकन सुरु गर्दैछौं,”उनले ब्लग मार्फत जानकारी दिएका हुन् ।

यसअघि लकडाउनको सुरुवाती समयमा पनि उनले घरबाटै छायांकन गरेका थिए । 

Global Ime bank

केहीदिनअघि मात्रै उनले महाराष्ट्र सरकारले महामारीको समयमा बालबालिका र ६५ वर्षभन्दा माथिका कलाकारलाई काममा नफर्किन दिएको निर्देशनमा बेरोजगार हुने पीडा ब्लगमार्फत व्यक्त गरेका थिए । 

यद्यपि सर्वोच्चको आदेशसँगै महाराष्ट्र सरकारले यो निर्णय खारेज गरिसकेको छ ।

अमिताभ बच्चन २३ दिनको अस्पताल बसाइपछि उनी केही साताअघि घर फर्किएका हुन् । उनीसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातीनी आरध्या बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको थियो । हिन्दुस्तान टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement