site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफ क्लबले जित्यो केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लबले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ  । शुक्रबार भएको प्रतिस्पर्धात्मक फाइनलमा  न्यु डायमण्ड एकेडेमीलाई ३ – २ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो  । 
त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा भएको रोमान्चक फाइनलमा सुरुवाती दुई सेट एपीएफले २५ – २२ र २५ – १८ ले जितेको थियो । सुरुवाती दुई सेट गुमाएपनि न्यु डायमण्ड खेलमा फर्कियो । र, तेस्रो तथा चौथो सेट न्यु डायमण्डले २५ – १८ र  २५ – १८ ले जित्दै खेल २ – २ को सेटमा ल्याए । तर, खेलको अन्तिम सेटमा न्यु डायमण्डका खेलाडी चल्न नसक्दा एपीएफले १५ – ८ ले जित्दै उपाधिमाथी कब्जा जमाउन सफल भयो ।
जितपछि पहिलो पटक एपीएफ क्लब सम्हालेका प्रशिक्षक ज्ञानेन्द्र कार्कीले सुरुवाती दुई खेल जितेर पनि तेस्रो र चौथो सेट खेलाडी नर्भस भएर खेल्न नसकेको बताए  । “सुरुआतमा राम्रो खेल खेल्यो तर, पछिल्लो दुई सेटमा अनुभवी खेलाडीहरु नर्भस भए,” प्रशिक्षक बिष्टले भने जसको कारण खेल सहजै जित्न सकेनौ ।” त्यस्तै प्रशिक्षक बिष्टले आफ्ना मुख्य खेलाडी सरस्वती चौधरी घाइते भएकोकारण टिमलाई बढी भार परेको बताए ।
यता, न्यु डायमण्डका प्रशिक्षक कुमार राईले बलियो एपीएफविरुद्ध उत्कृष्ट कमब्याक गरेपनि ब्लक र अलराउन्डर पोजिसनका खेलाडी खेल्न नसक्दा पराजित भएको बताए । “मुख्य कुरा हाम्रो ब्लक र अलराउन्डर पोजिसन एकदमै कमजोर देखियो,” प्रशिक्षक राईले भने, “हाम्रो खेल त्यहिँ बिग्रियो ।” यस्तै उनले सबिता लो टिममा नहुदा नयाँ खेलाडी बाल्मिका आचार्यले खेल्न नसकेको बताए ।
उपाधिसँगै एपीएफले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु डायमण्डले १ लाखमा चित्त बुझायो ।  तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो भएको पश्चिमाञ्चलले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । शुक्रबार नै भएको खेलमा विभागीय टोली  नेपाल पुलिस क्लबलाई २२–२५, २५–१८ र २२–२५, २६ – २४ र १५ – १३ को सेटमा पराजित गर्दै पश्चिमाञ्चलले तेस्रो स्थान हासिल गरेको हो । 
प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडी बन्दै १५ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गरिन्  । त्यस्तै व्यक्तिगत विधागत उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर न्यु डायमण्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपीएफकी नेविका चौधरी, उत्कृष्ट ब्लकर पुनम चन्द, उत्कृष्ट क्विकर एपीएफकी उषा बिष्ट, उत्कृष्ट लिब्रो सलिना श्रेष्ठ घोषित भईन् । उत्कृष्ट हुनेले जनही तीन तीन हजार रुपैयाँ प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब कुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC