site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौं । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) मा भर्ना भएका सात बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालले मंगलबार (आज) सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

उपचाररत बिरामी कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचनामार्फत जनाएको छ ।

Dabur Nepal

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेका छन् ।  सोमबार मात्रै ललितपुरको स्टार अस्पतालमा दुई, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक–एक गरी चारजना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो । यस्तै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।

फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro