site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमन्डको जितमा हालान्डको गोल
Siddhartha BankSiddhartha Bank

एजेन्सी । शनिबार राति भएको जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले साल्केलाई ४–० गोलले पराजित गरेको हो । 

डर्टमन्डको जितका लागि राफेल गुरेरोले दुई तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले एक–एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको डर्टमन्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको २९ औं मिनेटमा हालान्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पारे । 

Agni Group
NIC Asia

दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै हाजार्डले गोल गर्दै डर्टमन्डको अग्रता तेब्बर पार्‍यो । उनले ४८ औं मिनेटमा जुलिएनको पासमा हानेको शसक्त प्रहारले गोल पोस्टको जाली चुमेको थियो । त्यस्तै ६३ औं मिनेटमा हालान्डको पासमा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ४–० फराकिलो जित दिलाए । 

यो खेल जितेसँगै डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँग एक अंकको दुरी घटाएको छ । एक खेल कम खेलेको बार्यनको २५ खेलबाट ५५ अंकसहित शीर्ष स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय