site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
...अनि मुकुलले मुखमा कालाे टेप लगाए 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमाथि छलफल जारी छ । सह–प्रवक्ता मनिष झाका अनुसार बैठकमा एकजना केन्द्रीय सदस्यलाई बोल्नका लागि ७ मिनेट समय दिइएको छ ।

बैठकको सुरुमा नै सभापति रवि लामिछानेले महामन्त्रीको प्रतिवेदेन लाइभ गर्ने प्रस्ताव राखेका थिए । “सुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोधअनुसार लाइभ गर्ने प्रस्ताव गर्नुभयो । तर, प्रतिवेदन सभापतिबाहेक कसैले हेरेका थिएनौँ,” उनले भने ।
 
तर, केन्द्रीय सदस्यहरुले पहिला केन्द्रीय समितिमा वाचन गर्ने र सबैले आफ्ना धारणा राखेपछि सार्वजनिक गर्नुपर्ने अडान लिएको उनले बताए । महामन्त्रीले लाइभ नगरे स्वतन्त्रताको हनन् भएको भन्दै  मुखमा कालो टेप लगाएर बसेको सह–प्रवक्ता झाले जानकारी दिए । 

Agni Group
NIC Asia

“महामन्त्रीज्यूले लाइभ गरिदैन भने मेरो व्यक्तिगत स्वतन्त्रताको हनन् हो । त्यसैले गर्दा मुखमा कालो टेप लगाएर बस्छु भन्नुभयो । र, कालो टेप लगाउनुभयो,” उनले भने ।
 
महामन्त्रीले नबोलेपछि महामन्त्री ढकालको प्रतिवेदन सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको उनले जानकारी दिए । 

झाका अनुुसार ३३ पेजको प्रतिवेदन वाचन गर्न झण्डै डेढ घण्टा लागेको थियो । केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदनमाथि छलफलका लागि अझै ३–४ घण्टा लाग्ने झाले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu