site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविमाथि रास्वपा महामन्त्रीको आरोप : तपाईं झिँगासँगै उडेको आभास हुँदै छ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई राजनेता बन्ने प्रयास गर्न आग्रह गर्दै बाटो गलत समातेको आरोप लगाएका छन् । उनले गाडीको सिसा कालो भएको भनेर सांकेतिक रूपमा रविको छवि धुुमिल भएको विषय पनि लिखित रुपमै राखेका छन् । 

“राजनेता बन्नु पर्‍यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्,” महामन्त्री ढकालले भनेका छन्, “सभापतिज्यू, झिँगासँग उडियो भने ‘गू’ मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ ।” 

Agni Group
NIC Asia

उनले आफ्नो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न थालेको आरोप लगाएका छन् । “मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ,” ढकालले लेखेका छन्, “मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।”

उनले रास्वपामा संस्कारको प्रश्न उठाउँदै सभापतिको आलोचना सुन्न नसक्ने चरित्र सच्याउन जरुरी रहेको उल्लेख गरेका छन् । “म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि...? भो अर्को शब्द नबोलौँ होला । फेरि साथीहरूलाई लाग्न सक्छ सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ?,” ढकालले भनेका छन्, “मलाई त चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्यांकन गर्नुहोस् ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu