एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट खेल क्षेत्र पनि धेरै प्रभावित भएको छ । विश्वस्तरका ठूला फुटबल लिगहरू स्थगित भएका छन् । त्यस्तै ओलम्पिक पनि एक वर्षका लागि सारिएको छ ।
कोरोनाले खेल क्षेत्र मात्र होइन खेलाडीमा पनि धेरै असर पारेको छ । धेरै खेलाडीहरू अहिले घरमै प्रशिक्षण गरिरहेका छन् भने कति खेलाडी क्वारेन्टाइनमा बसिरहेका छन् । केही खेलाडीलाई कोरोना भाइरस संक्रमण पनि भएको छ । उनीहरूको अवस्था भने अहिले सामान्य छ ।
युभेन्ट्स :
इटालियन सिरी ए साइटका खेलाडीमा कोरोनाको पहिलो संक्रण देखिएको हो । पहिलो संक्रमित हुनेमा युभेन्टस्का सेन्टर ब्याक डेनियल रुगानी रहेका छन् । उनी विश्व भरमा पहिलो खेलाडी हुन् जसलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै युभेन्ट्सकै बलासे माटुडूइमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो अहिले उनी आइसुलेसनमा छन् । त्यस्तै युभेन्ट्सकै पाउलो डिबालामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि हाल डक्टरको निगरानीमा छन् ।
साम्पडोरिया :
अर्काे इटालियन सिरी ए क्लब साम्पडोरियाका धेरै खेलाडीमा संक्रमण देखिएको छ । साम्पडोरियाका ६ खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको हो । जसमा मनोलो गाबिडानी, ओमार कोली, अल्बिन एकडाल, एन्टोनी जुमिना, मोर्टिन थोस्र्बी र फाबियो डिपालीलाई कोरोना भाइरस संक्रमण देखिएको हो ।
फिओरेटिना :
फिओरेटिना पनि इटालियन सिरी ए क्लब हो । उसका तीन जना खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा जर्मन पेजाला, पेट्रिक कट्रोने र डुसन भालोभिक रहेका छन् ।
भोरोन :
इटालियन क्लब भोरोनका खेलाडीमा पनि कोरोना संक्रमण देखिएको छ । भोरोनाका माटिक जंकाजिनिमा कोरोना संक्रमण देखिएको हो ।
चेल्सी :
प्रिमियर लिग फुटबल क्लब चेल्सीका एक जना खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमा कलुम हुड्न रहेका थिए ।
आर्सनल :
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोनाको संक्रमण देखिएको थियो । उनी प्रिमियर लिग साइडबाट कोरोना संक्रमण देखिने पहिलो प्रशिक्षक पनि हुन् ।
अर्टेटा आइले पूर्ण रुपमा फिट भइसकेका छन् ।
पड्ब्रोन :
जर्मन बुन्डेस लिगा क्लब पड्ब्रोनका खेलाडी लुकास किलियनमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो छ । उनीहाल डक्टरको निगरानीमा छन् ।
हानओभर :
हानओभरका दुई खेलाडीमा कोरोना संक्रमण भेटिएको थियो । जसमा टिमो हुब्रेस र जनेस होर्न रहेका छन् । हानओभर जर्मन फुटबल क्लब हो ।
टोरोएस :
फ्रान्सेली क्लब टोरोएसका स्टार ह्वायुनजुन सुङ खेलाडीमा पनि कोरोना संक्रमण भएको छ । उनी जापानका खेलाडी हुन् ।
भ्यालेन्सिया :
स्पेनिस क्लब भ्यालेन्सीयाका दुई जना खेलाडीमा पनि कोरोना संक्रमण देखिएको छ । लालिगा क्लबका इक्वियल जेरी र इलिक्विममंगलालाई कोरोना संक्रमण देखिएको थियो ।
मारोने फालेनी :
चाइनको क्लबमारोने फालेनीका खेलाडी सानडोङ लुनेङलाई कोरोना संक्रमण देखिएको थियो । उनी चाइनमा उत्कृष्ट खेलाडीको रूपमा रहेका थिए ।
पोस्र्टमाउथ :
इङ्लिस क्लब पोस्र्टमाउथका चार खेलाडीलाई कोरोना संक्रमण देखिएको थियो । पोस्र्टमाउथका जेम्स बोटन, एन्डी कोनोन, सेन रोगेत र हजिलमनगोलाई कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण देखिएका खेलाडी तथा प्रशिक्षक हाल सुरक्षित छन् ।