site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दलकी नेतृ सोनिया गान्धी स्वदेश फर्किएकी छन् । स्वास्थ्य परीक्षणका लागि अमेरिका गएकी गान्धी बिहीबार राति अवेर स्वदेश फर्किएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

“नेतृ गान्धी आफ्ना छोरा राहुल गान्धीसँगै स्वदेश फर्किनुभएको छ, नेतृ गान्धीलाई लिन उहाँका छोरा राहुल केहीदिन अघि मात्रै अमेरिका जानुभएको थियो । अमेरिका जाँदा सोनिया गान्धी एक्लै जानुभएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेतृ गान्धीले गत अगस्तमा निर्वाचनको प्रचारप्रसारका लागि विभिन्न ठाउँमा जाने क्रममा उत्तरी भारतको बाराणाशी शहरमा पुग्दा विरामी परेकी थिइन् ।

सोनिया हाल बाँकी भएका नेहरु र गान्धी परिवारका सदस्यमा सबैभन्दा उच्च व्यक्ति हुन् । गान्धी परिवारले सन् १९४७ भारत बेलायती उपनिवेशबाट स्वतन्त्रत भएदेखि शासन गर्दै आएको थियो ।

Global Ime bank

उनको पार्टीले गत सन् २०१४ मा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीसँग आम निर्वाचनमा पराजित भएको थियो । रासस\\सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC