site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केन्द्रीय मुवाथाईलाई सर्वाधिक ४ स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाठौं । केन्द्रीय मुवाथाई क्लबले प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शनिबार सर्वाधिक ४ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला ५५ केजीमा करुणा उप्रेती, पुरुष ६० केजीमा सागर दर्जी, पुरुष ५५ केजीमा सन्तोष मगर र पुरुष ६५ केजीमा राजिव खड्गीले केन्द्रीयलाई स्वर्ण दिलाए ।

फाइनलमा करुणाले एपीएफकी विनिता राई, सागरले केन्द्रीयकै विवेक गदाल, सन्तोषले काभ्रे मुवाथाई क्लबका तस्वीर लामा तथा राजिवले रेज फिट्नेसका ज्ञानदीप मल्ललाई पराजित गरे ।
नेपाल राष्ट्रिय मुवाथाई संघद्वारा आयोजित प्रतियोगितामा एपीएफ २ स्वर्णसहित दोश्रो भयो । पुरुष ५० केजीमा एपीएफका सञ्जय राईले सिन क्योकुसिनका युवराज मगर तथा ७० केजीमा एपीएफका रुपक नेपालीले क्योकुसिन बुदोकाइका अतुल श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको बाँकी १ स्वर्ण काभ्रेको पोल्टामा गयो । काभ्रेका लागि एक मात्र स्वर्ण सन्देश मानन्धरले जिते । उनले पुरुष ७५ केजीको उपाधि भिडन्तमा सातदोबाटो मुवाथाई क्लबका रविन रानाको चुनौती समाप्त पारे ।

विजेतालाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी, आयोजक संघका अध्यक्ष गणेश कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Global Ime bank

पुरुषको ६ स्पर्धामा ४० तथा महिलाको १ स्पर्धामा ४ गरी जम्मा ४४ खेलाडीले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC