site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रामोसको गोलमा रियल मड्रिडको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित हासिल गरेको छ । लिग अन्तर्गत शनिबार राति सर्जियो रामोसको गोल मद्दतमा रियल मड्रिडले मालागालाई २ – १ ले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा भएको प्रतिस्प्रधात्मक खेलमा घरेलु टोलीलाई जित दिलाउन रामोसले दुवै गोल गरे । मालागाका जुवान अनओरले एक गोल फर्काए । रियल मड्रिडको यो सबै प्रतियोगितागरि पछिल्लो दुई खेल हारपछिको पहिलो जित हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन रामोसले दुवै गोल पहिलो हाफमा गरे । खेलको ३५ औ मिनेटमा रामोसले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।  

त्यसपछि खेलको ४३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रोमोसले रियल मड्रिडको अग्रता दोब्बर बनाए । पहिलो हाफमा १ – ० ले अघि रहेको रियल मड्रिडले दोस्रो हाफमा गोल गर्न सकेन । तर, एक गोल खान पुग्यो ।

Global Ime bank

खेलको ६३ औ मिनेटमा मालागाका लागि जुवान अनओरले एक गोल फर्काए  । त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल रियल मड्रिडले २ – १ ले आफ्नो पक्षमा पार्यो ।
जितसंगै शिर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पार्न सफल भयो । यो जितपछि रियल मड्रिडले १८ खेलबाट ४३ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको ३९ तथा तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ । पराजित मालागा २१ अंक जोडेर १३ औ स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC