site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्द कोठामा निसास्सिएर भारतमा ३ नेपालीको मृत्यु  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारत (अहमदबाद)– रोजगारीका लागि भारत आएका ३ नेपालीको गुजरातको गिर सोमनाथ जिल्लामा रहेको एक होटलको बन्द कोठामा निसास्सियर मृत्यु भएको छ । होटलमा कार्यरत ७ जना नेपालीमध्ये ४ जनाको अवस्था पनि चिन्ताजनक रहेको गुजरात प्रहरीले जनाएको छ । 
गुजरातको राजधानी अहमदाबाद भन्दा ४ सय किलोमिटर दुरीमा रहेको सोमनाथ मन्दिर नजिक रहेको होटलमा निसास्सिएर ३ जना नेपालीले ज्यान गुमाएका हुन् । शुक्रबार राति सोमनाथ मन्दिर नजिकको सुखागर होटलमा कार्यरत ७ जना एउटै होटलमा कार्यरत थिए । शुक्रबार एक्कासी जाडो बढेपछि राति कोठा बन्द गरेर हिटर बालेर सुत्ने क्रममा उक्त दुर्घटना भएको हुन पुगेको हो । 
होटलमा कुक तथा वेटर ७ जना एउटै कोठामा सुतेका थिए । मृत्यु हुनेमा नरेन्द्र सोनी, दिलु बिक र दिनेश धामी रहेका छन् । राति बन्द कोठमा निसास्सियर बेहोस अवस्था फेला परेका उनीहरुलाई राति नै अस्पताल पु¥याईएको दाबी होटल संचालकको छ । बेहोस अवस्थामा ७ जनालाई  अस्पताल पु¥याउ“दा तीन जनालाई वेरावलको खानगी अस्पतालले मृत घोषित गरेको हो । 
उपचारत ४ जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । मृत्यु भएका ३ जना नेपाली नै भए पनि कुन जिल्लाका हुन् भन्ने बारेमा अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचार गराइरहेका रमेश बिक, मोहन धामी, गौरव विष्ट र दिनेश धामी छन् ।
उनीहरुको पनि खानगी अस्पतालमा आइसीयुमा उपचार भैरहेको एबीपी टीभीमा कार्यरत पत्रकार पुष्पा उपाध्यायले बताईन् । पत्रकार उपाध्यायका अनुसार मृत्यु भएका नेपाली पश्चिम नेपालका भए पनि कुन जिल्ला भन्ने खुलेको छैन ।
प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएर मृतकहरुको पोष्टमार्टम गराउने काम सम्पन्न गरेको छ । उनीहरुको जिम्मेवारी लिने परिवारका सदस्य र निकटजन नहु“दा शवको जिम्मा लगाउन नसकिएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC