काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियताअनुसार नेपाल ६ स्थान उक्लदै १७५ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १८१ औं स्थानमा रहेको थियो । नेपालले मलेसियामा सम्पन्न सोलिडारिटी कप जितेसँगै बरियतामा सुधार आएको हो ।
फिफाको नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र अफगानिस्तान रहेको छ । शीर्ष स्थानको भारत ६ स्थान उक्लदै १२९ औं स्थानमा छ भने ९ स्थान उक्लेको माल्दिभ्स १४५ औं स्थानमा छ । ५ स्थान तल झरेको अफगानिस्तान १ सय ५१ औं स्थानमा छ । यस्तै नयाँ बरियतामा नेपालभन्दा तल भुटान १७६, बंगलादेश १९०, श्रीलंका १९६ औं र पाकिस्तान १९७ औं स्थानमा रहेका छन् ।
।
फिफाको नयाँ बरियताको शीर्षस्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् । त्यस्तै चौथोबाट क्रमशः चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन दशौंमा छन् ।