site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जात्रा’ को शो फेरि थपियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’ लाई चौथो हप्तामा पनि दर्शकले रुचाएको पाइएको छ । कात्तिक २६ गते रिलिज भएको चलचित्र ‘जात्रा’ले चोथो हप्तासम्म आइपुग्दा पनि राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।

आफ्नो आक्रमक व्यापारलाई निरन्तरता दिएएको ‘जात्रा’ले अझै पनि मल्पिेक्सहरुमा राम्रो शो पाइरहेको छ । २६ गतेपछि रिलिज भएका चलचित्रले अपेक्षित व्यापार नगरेपछि ‘जात्रा’ लाई थप सहज भएको हो । ‘जात्रा’पछि रिलिज भएका चलचित्र मध्ये ‘पुरानो डुङ्गा’ बाहेक अन्य कुनै पनि चलचित्रले सोच अनुसारको सफलता पाउन सकेनन् । लामो समय प्रतिक्षा गरिएको ‘पुरानो डुङ्गा’ ले पनि सोचेजस्तो व्यापार गर्न नसकेपछि त्यसको फाइदा ‘जात्रा’ ले उठाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“चौथो हप्तामा आइपुग्दा पनि जात्राले राम्रो व्यापार गरिरहेको छ,” निर्देशक प्रदिप भट्टराइले भने, “शोहरु झनै थपिरहेका छन् ।”
गोपीकृष्ण र गुण सिनेमामा चार÷चार वटा शो पाएको ‘जात्रा’ले लाविम, सिबिल र कुमारीमा दुई÷दुई शो पाएको छ । यस्तै एफ क्युवमा तीन शो पाएको चलचित्रले बिग मुभिजमा एउटा शो पाएको छ ।

यसैगरी काठमाडौं बाहिर हेटौंडाको एनएस, उर्लाबारीको भिलेज, धुलाबारीको तृष्णा, जितपुरको शिव पार्वती, विराटनगरको हिमालय, पर्साको जनज्योती, भैरहवाको पद्यम श्री, रानीको अरुण, पोखराको बाराही र चपुरको ब्रोसिसमा पनि ‘जात्रा’ले उत्साहजनक व्यापार गरिरहेको निर्देशक भट्टराइले बताए ।

Global Ime bank

सामान्य परिवारलाई आर्थिक अभावले पारेको सामाजिक तथा मनोवैज्ञानिक प्रभाव तथा अनपेक्षित रुपमा प्राप्त पैसाप्ति देखिएको लोभले देखिएको समस्या नै चलचित्र ‘जात्रा’ को मुख्य कथा हो ।

‘जात्रा’ मा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउतलगायतको मुख्य अभिनय छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC