site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेतृत्वमा पढेको मानिस भए फरक पर्छ : सीके राउत

सुर्खेत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् । कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रूपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिकलगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए । “अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो,” उनले भने, “पढ्नु एकदमै आवश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ ।”

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए । मानिसले वर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए ।

वर्तमानमा ‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए । “पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,” उनले भने, “यो देश पढेलेखेकाहरूले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro