site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
जापान । जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गरेकाे यहाँको सञ्चारमाध्यम एनएचकेले सूचनाको स्रोतलाई उद्धृत गर्दै जनाएको छ । 
 
पछिल्ला वर्षमा बुढ्यौली र विविध स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रस्त ८२ वर्षीया अकिहितोले जापानको राज्य प्रमुखका रुपमा २७ वर्ष लामो अनुभव लिइसकेका छन् । 
यदि अकिहितोले जिम्मेवारीबाट अलग्गिएमा जापानी इतिहासमा दुई सय वर्षयता उहाँ नै जीवितै सम्राटबाट बाहिरिने पहिलो व्यक्ति हुनेछन् । 
 
सम्राट अकिहितोको सन् २००३ मा प्रोस्टेट क्यान्सर र चार वर्ष पहिलो मुटुको बाइपास सर्जरी गरिएको थियो । 
 
मैले बुढ्यौलीको महसुस गर्न थालेको छु र समय–समयमा गल्ती गर्ने गरेको छु, डिसेम्बरमा आफ्नो जन्मदिन मनाउनुपूर्व उनले गरेको प्रेस सम्मेलनमा बताएका थिए ।  
 
तर जापानको क्योदो न्युज एजेन्सीले एक सरकारी स्रोतलाई उद्धृत गर्दै सम्राट अकिहितोको स्वास्थ्यको कारण जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्था नआएको बताएको छ । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC