site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नौ पालिकाको सहमति बन्यो, जिरी नगरपालिकालाई गाउँपालिकामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
दोलखा । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् । 
दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो । 
योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भएको भए पनि गाउँ पालिका बन्ने पक्का भएको छ । जिरी गाउँपालिकामा थप श्यामा गाविस थपिएको छ । 
नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द्रको विषयमा भने टुङ्गो लागेको छैन । यो विषयमा थप छप छलफल गरी कात्तिक १९ गते निर्णयक बैठक बस्ने सहमति समेत दलले गरेका छन् । 
यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ वटा पालिकाको सिफारिस गरेको थियो । 
आयोगको पछिल्लो निर्देशन अनुसार सातदेखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको सङ्ख्यामा सिफारिस गर्न निर्देशन दिएको थियो । 
 
कुन गाविस कुन पालिकामा  
गौरीशङ्कर गाउँपालिका :  गौरीशङ्कर, खारे, चंखु, मार्बु, सुरी, झ्याँकु र जुँगु, जिरी गाउँपालिका : श्यामा र जिरी नगरपालिकाको सबै वडा हनुमान्तेश्वर गाउँपालिका : क्षेत्रपा, काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी, तामाकोसी गाउँपालिका : भीरकोट, झुले, जफे, मालु, सहरे, च्यामा र हावा, शैलुङ गाउँपालिका : मेलुङ, डाँडाखर्क, भेड्पु, घ्याङसुकठोकर, पवटी र शैलुगेश्वर, चर्नावती वा देउराली गाउँपालका : फस्कु, काटकुटी, मागापौवा, ताम्चेदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा), भीमेश्वर नगरपालिका ः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा), कालिञ्चोक गाउँपालिका : सुन्द्रवती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कातिञ्चोक, लामाबगर गाउँपालिका : विगु, आलम्पु, खोपाचागु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगरु । 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC