site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम उपनिर्वाचनमा ७० हजार मत खस्ने अनुमान, २५ सय सुरक्षाकर्मी खटाइँदै
Sarbottam CementSarbottam Cement

इलाम । “कर्मचारी तयार छन्, भोलि बिहान मतदान गर्ने गरी सबै तयारी भइसक्यो,” महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकी मतदान अधिकृत मिना आचार्यले बाह्रखरीसँग भनिन् ।

उपनिर्वाचन आउनुअघि इलाम बजार सुनसान छ । बजार क्षेत्र इलाम नगरपालिका–७ मा पर्छ । मौन अवधिले हुनुपर्छ, इलाममा देखिने गरी चुनावी माहोल छैन । अन्य निर्वाचन क्षेत्रमा पनि उपनिरर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक सामग्री दुई दिनअघि नै सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको छ ।  

“सबै मतदानस्थल र केन्द्रमा कर्मचारी पुगिसके । भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुन्छ । आवश्यक सबै तयारी पूरा भइसक्यो,” मुख्यनिर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

हृदयघातका कारण गएको २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल छन् । यी मतदानस्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले गरेको छ । जहाँ ७४५ कर्मचारी खटाइएको जानकारी घिमिरेले दिए ।

Mahendra-Multiple-Ilam-1714136918.jpg
 

Global Ime bank

७० हजार मत खस्ने अनुमान

यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका र माई नगरपालिकाको तीनवटा वडा पर्छन् । यसबाहेक चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङ्सेवुङ गाउँपालिका पर्छन् । घिमिरेका अनुसार, एक लाख १५ हजार ८७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता नयाँ हुन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, उपनिर्वाचनका लागि कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीको खटाउने काम सकिएको छ । यस्तै, मतदान केन्द्रको निर्माण कार्य भइसकेको जानकारी दिँदै उनले भने, “मतदानका लागि तयार अवस्था छ ।”

उनका अनुसार, कुल मतदातामध्ये ७० हजार मत खस्ने अनुमान प्रशासनको छ । मतदान सकिएपछि भोलि राति १० बजे नै सबै मतपेटिका सदरमुकाम पुर्‍याउने तयारी गरिएको छ । मत परिणाम पनि दुई दिनभित्र सार्वजनिक गर्ने तयारीमा आयोग र प्रशासन जुटेको उनी बताउँछन् ।

“एक लाख १५ हजार ८८९ मतदाता रहेको सन्दर्भमा गत निर्वाचनको ट्रेन्ड हेर्दा ७० हजार जति मतदान हुने अनुमान छ । दुई दिनभित्र नतिजा पनि आइसक्छ भन्ने हाम्रो तयारी हो,” प्रमुख जिल्ला अधिकारी यादवले भने ।  

तयारीअनुसार मतपेटिका संकलनका लागि ६१ वटा सवारी साधन प्रयोग हुनेछन् । मतदानका दिन जिल्लामा अत्यावश्यक सवारी साधनबाहेक अरू सबै सवारी साधन बन्द गर्ने गरी तयारी भएको जानकारी दिँदै उनले भने, “सबै मतदातामा मताधिकार प्रयोग गरेर निर्वाचनलाई शान्ति सुव्यवस्थित तरिकाले सम्पन्न गर्नुहुन विशेष अनुरोध गर्दछु ।”

इलाम उपनिर्वाचनका लागि २५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रशासनले मतदानस्थलको संवेदनशीलतालाई तीन तहमा वर्गीकरण गरेको छ । 

यादवका अनुसार, ७९ निर्वाचन केन्द्रमध्ये ३९ सामान्य, २१ संवेदनशील र १९ अतिसंवेदनशील भनी छुट्याइएको छ । जसमा ८ जना नेपाल प्रहरी, संवेदनशीलमा ९ जना र अतिसंवेदनशीलमा १२ जना प्रहरी खटाउने तयारी भएको छ । 

“वर्गीकरण गरेर कम्तीमा ८ जनादेखि अधिकतम १२ जना एउटा स्थलमा र प्रत्येक मतदान केन्द्रमा ५ जनाको हिसाबले थप प्रहरी खटिने गरी नेपाल प्रहरी खटिने तयारी भएको छ,” प्रजिअ यादवले भने । 

प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै स्वतन्त्र चुनावी अभियान सफल बनाउन एक हजार ३६३ जना नेपाल प्रहरी परिचालन गरेको छ । १६० नेपाल प्रहरी भने निर्वाचन कार्यालय सुरक्षा गर्न प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले ७९ मतदान केन्द्र नै संवेदनशील मानेको छ । सीमामा पर्ने भारतको दार्जिलिङमा निर्वाचनमा हुँदा त्यसको असर यता पनि परेको छ ।
 
“त्यसकारण पनि सीमासँग जोडिएको विषय छ, संवेदनशील छ । देशभरिमा एउटा मात्र संघीय उपनिर्वाचन भएकाले अर्को जिल्लाबाट पनि कार्यकर्ता शुभेच्छुक वा जनता आउने हेर्ने घुसपैठ हुन्छ भनी सबैलाई अतिसंवेदनशील भनिएको हो,” प्रजिअ यादवले भने ।

यसबाहेक सशस्त्र प्रहरी बलबाट ७१० जना र नेपाली सेनाबाट ४८० जना परिचालन गरिएको उनले बाह्रखरीलाई जानकारी दिए । राष्ट्रिय अनुसन्धानबाट २४ जना खटिएका छन् ।
  
‘‘सुरक्षाको सन्दर्भमा लेयर बनाएका छौँ । बाहिरी घेरामा मोबाइल टोली, स्ट्राइकिङ टोली, रिजर्भ टोली, क्विक रेस्पोन्स टोली र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमान्ड पोस्ट गर्ने गरी विभिन्न लेयर बनाएका छौँ । आवश्यकता पर्दा रिजर्भ भएका जनशक्ति पुग्न सक्ने र त्यसभन्दा थप आवश्यक पररे हवाई गस्तीको रूपमा हेलिकोप्टर समेत प्रयोग गर्ने गरी व्यवस्था भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय