site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नागरिकको विश्वास राज्यको सबैभन्दा ठूलो शक्ति हो । शासकहरू भने बन्दुकलाई राज्यको शक्ति ठान्छन् र निहत्था नागरिकलाई हेप्छन् । लोकतन्त्रमा सार्वभौम जनता सर्वोपरी हुन्छन् । तर, जनताले सितिमिति सर्वोपरि शक्ति प्रयोग गर्दैनन् । यसैले शासकहरूले सधैँ नै जनतालाई हेप्दै आएका छन् । नेपालमा शासन प्रणाली छोटो समयमा धेरैपटक परिवर्तन भएको भए पनि शासकहरूको मनोवृत्ति बदलिएन । यसैले जनतालाई हेर्ने सरकारी दृष्टिकोण परम्परागत छ र व्यवहार पनि मध्ययुगीन शैलीमै गरिन्छ । दसैँका बेलामा नेपाली जनतासँग सरकारले गरेको व्यवहार यसको सबैभन्दा पछिल्लो उदाहरण हो । सरकारले दसैँमा दैनिक उपभोगका  वस्तुको भाउ बढ्न नदिने वाचा गरेको थियो । यस्तै आवागमनको सहज र सुरक्षित व्यवस्था मिलाउने वचन दिएको थियो । शान्तिसुरक्षा कायम राख्ने प्रतिबद्धता प्रकट गरेको थियो । निर्माणाधीन सडक तत्काल सुधार गरेर कम्तीमा दसैँभर सवारी सहजरूपमा सञ्चालन गराउने आश्वासन दिएको थियो । सार्वजनिक सवारीको भाडा बढाउन नदिने पनि अठोट सरकारले गरेको थियो । 

तर, भयो के ? महँगी बढ्ने वा नबढ्ने सबै बजारको निगाहमा रह्यो । अभाव भएका सामानको भाउ बजारले बढायो । सरकारी अनुगमन अर्थहीन भयो । सार्वजनिक सवारी न पर्याप्त संख्यामा चलाइए न जनताले नियमित भाडा तिरेर आउन जानै पाए । सडकको अवस्थाका बारेमा त सायद कसैले गुनासो पनि गरेनन् । यसैगरी सार्वजनिक यातायात ‘भगवान भरोसा’मा चलेको थियो । सडकमा सुरक्षा र सुविधा त सपनाकै विषय भएका छन् । समग्रमा दसैँका अवसरमा सरकारले भनेका मध्ये शान्तिसुरक्षाको अवस्थामा गुनासो गर्नुपर्ने नभए पनि अरू कुनै पनि कुरा पुगेनन् । अर्थात्, सरकारको घोषणा हावादारी गफ सिद्ध भयो । राज्यले नागरिकको विश्वास अझै गुमायो ।  नेपाली जनताको ठूलो संख्या अपढ होला तर अबुझ छैन । अबुझ त शासकहरू छन् जो जनतालाई सजिलै झुक्याउन सकिन्छ भन्ने ठान्छन् । नपुग्ने र नसक्ने गुड्डी नहाँकेको भए कम्तीमा  राज्यप्रति जनताको विश्वासमा थप स्खलन त हुने थिएन । राज्यको साख बिगारेर आफूलाई फाइदा भएको ठान्ने शासकहरूको ‘कालीदास प्रवृत्ति’ हो । 
 
राजनीतिक नेतृत्वको नियत सफा थियो र ढंगमात्र नपुगेको हो वा कर्मचारीतन्त्रले असहयोग गरेका कारण वचन पालना नभएको हो भने त्यसको राम्ररी समीक्षा गरेर पाठ सिक्नुपर्छ र त्यही गल्ती दोहोरिन दिनु हुँदैन । जनतालाई मूर्ख ठानेर सरकारले गरेको अर्को गल्ती सस्तो लोकप्रियताका लागि नपुग्ने धक्कु लगाउनु पनि हो । बजारमा राज्यले मूल्य नियन्त्रण गर्न सक्तैन । दुईचारवटा सस्तो पसल खोलेर महानगरका जनतालाई दैनिक उपभोगका वस्तु आपूर्ति हुन्छ भन्ने ठान्नु नै मूर्खता हो । यस्तो नपुग्ने वचन दिनुको साटो सरकारले वस्तुको गुणस्तरको अनुगमनमा ध्यान केन्द्रित गरेको भए साख यति गिर्ने थिएन । यसैगरी सार्वजनिक यातायातमा उपस्थिति शून्यप्रायः भएको सरकारले सिन्डिकेटको नियन्त्रणमा रहेको सेवा सहज र सुलभ बनाउन सम्भव थिएन । यातायात समितिका नाममा सार्वजनिक सडकमा कब्जा जमाउने गिरोहले राजनीतिक संरक्षण पाएकाले सरकारका यस्ता फरमान, उर्दी केहीलाई पनि तिनले टेर्दैनन् । सार्वजनिक यातायात सेवामा दह्रो उपस्थिति र सिन्डिकेट ध्वस्त गर्ने प्रतिबद्धताविना सरकारले यस क्षेत्रमा पनि केही गर्न सक्तैन । यसैले ‘कालीदास प्रवृत्ति’ दोहोर्‍याएर राज्यलाई कमजोर बनाउने अन्तर्ध्वंशी नियत नभए सरकारले यसपटकको विफलताको गम्भीर समीक्षा गरेर गल्ती सच्याउनुपर्छ । गफै त जति दिए पनि हुन्छ तर सत्ताबाट हटेका दिन गफहरूका लागि पनि पछुताउनुपर्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७३  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC