site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धेरै कमाइने आशामा अफगानिस्तान जान्छन् नेपाली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।
धेरै कमाइ हुने आशा देखाएर नेपालीलाई कानुनी तथा गैरकानुनी रूपमा ‘असुरक्षित’ राष्ट्र अफगानिस्तान लगिँदै आएको छ । सरकारले संयुक्त राष्ट्रसंघ (यूएन) ‘सेक्युरिटी’ र अफगानी सरकारी सेक्युरिटीमा मात्रै जान अनुमति दिएको थियो ।
तर, केही मेनपावर व्यवसायीले दुवईबाट समेत अफगानिस्तान पु¥याउने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७२/०७३ को वैशाख मसान्तसम्म एक हजार दुई सय १३ जना नेपाली कामदार कानुनी रुपमै अफगानिस्तान पुगेका छन् । त्यसमध्ये व्यक्तिगत रुपमा श्रम स्वीकृत लिएर जानेको संख्या एक हजार ५५ जना रहेका छन् । त्यसैगरी, संस्थागत (मेन पावरबाट) श्रम स्वीकृति लिएर जानेको संख्या एक सय ५८ जना रहेको विभागको तथ्यांकले देखाउँछ ।
 
वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुधन पुडासैनीले हालसम्म संस्थागत रुपमा तीन हजार ३ सय ५३ जना नेपाली अफगानिस्तान पुगेका छन् । त्यसैगरी, व्यक्तिगत रुपमा पाँच हजार दुइ सय ९१ जना अफगानिस्तान पुगेको जानकारी दिए ।
 
कतिपय एजेन्ट र म्यानपावर कम्पनीले कामदारलाई सबैखाले काम गर्न खुला भइसकेको भन्दै अफगानिस्तान अवैधानिक रुपमा लैजाने गरेको स्रोतको भनाइ छ । तर, सरकारले निश्चित क्षेत्रमा बाहेक अफगानिस्तानमा कामदार लैजान नपाउने व्यवस्था गरेको छ । यसै आधारमा वैधानिक रुपमै अफगानिस्तान जानेहरु पनि छन् ।
 
चालु आर्थिक वर्षमा दुई जना महिलाले सरकारसँग अनुमित लिएर अफगानिस्तान गएका छन् । पछिल्लो समयमा भारतबाट अफगानिस्तान पुर्याउने क्रम तीब्र भएको छ । अफगानिस्तान असुरक्षित रहेको थाहा हुँदाहुँदै धेरै कमाउने प्रलोभन देखाएर नेपालीहरुलाई त्यहाँ लगिँदैछ । सरकारले युएन सेक्युरेटी र गभर्नमेन्ट सेक्युरेटीबाहेक अन्य क्षेत्रमा अफगानिस्तान पुगेर काम गर्न रोक लगाएको छ ।
 
तर, कामदारलाई छक्याएर अफगानिस्तान लैजाने क्रम तीब्र भएको वैदेशिक रोजगार व्यवसायीहरु नै बताउँछन् । कामदारलाई अफगानिस्तानमा जान खुला भएको भ्रम पारिएको उनीहरुको दावी छ ।
 
श्रम तथा रोजगार मन्त्रालयले भने अफगानिस्तानमा वैदेशिक रोजगारी आंशिक मात्र खुला गरिएको जनाएको छ । तर, अफगानिस्तामा जान खुला भएको हल्ला चलाएर त्यसबाट कामदारलाई असुरक्षित ठाउँमा पुर्याउने क्रम तीव्र भएको छ ।
“अफगानिस्तानमा मासिक १ लाख भन्दा बढी कमाइ हुन्छ भनेर लैजाने गरेको हामीले पनि सुनेका छौं,’ श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले बाह्रखरीसँग भने, “काठमाडौंका एयरपोर्टबाट यो सम्भव छैन । त्यसैले भारतका एयरपोर्टबाट उनीहरुलाई अफगानिस्तान पु¥याइन्छ । त्यसैले हामीले त्यसलाई रोक्न सकिरहेका छैनौं ।”
 
दुवइको सजिलो बाटो
नेपालीलाई अफगानिस्तान पुर्याउन अर्को सहज बाटो बनेको छ दुवई । दुवईमा कुनै कम्पनीमा जाने र त्यहाँबाटै अफगानिस्तान छिर्ने क्रम पछिल्लो समयमा बढेको छ ।
 
विशेष गरेर त्यहाँका सेक्युरेटी कम्पनीहरुले नेपाली कामदारलाई अफगानिस्तान छिराइरहेका छन् । यहाँबाट दुबइको श्रम स्वीकृति लिएर जानेहरुलाई सम्बन्धित कम्पनीले नै अफगानिस्तानमा पठाएको पाइएको छ ।
 
यसैको आडमा नेपालीहरुलाई अफगानिस्तान पठाउन दुबइमा सञ्जालहरु नै सक्रिय रहेको सूचना नेपाल सरकारसँग पनि छ । तर, त्यसलाई रोक्न सरकारले कुनै कदम भने चालेको छैन ।
 
‘भिजिट’ भिसामा दुबइ पुर्याएर त्यहाँबाट अफगानिस्तान लैजाने गरेको पनि भेटिएको छ । विभिन्न बहानामा दुबइ पुर्याइएका नेपालीलाई अफगानिस्तानमा असुरक्षित क्षेत्रमा कामका लागि पठाउने गरिएको छ ।
वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा दुबइ हुँदै अफगानिस्तानमा काम गरेको भन्दै सम्झौता रि–इन्ट्री गर्न आउने नेपालीको संख्या ठूलो छ ।
 
“दुबइको कम्पनीका लागि श्रम स्वीकृति दिएका मान्छे अफगानिस्तानको लागि रि–इन्ट्री गर्न भनेर आउने गरेका छन्” मन्त्रालय स्रोतले भन्यो, “दुबइका कम्पनीले नै नेपालीलाई अफगानिस्तान पु¥याउने गरेको पाइएको छ । तर, युएन सेक्युरेटी र गर्भनमेन्ट सेक्युरेटीबाहेकमा ‘लिगलाइज’ पनि गरिँदैन ।”
 
निश्चित क्षेत्रबाहेक अन्यमा कामदार पठाउन पनि निषेध जारी नै छ । कानूनी रूपमा रोजगारीका लागि जान रोक लगाए पनि अवैध तरीकाबाट भने जाने क्रम रोकिएको छैन । गैरकानूनी तरीकाबाट जाने कामदारले दलाललाई लाखौं रुपैयाँ बुझाएर जाने गरेका छन् । यसरी जाँदा कामदारले दलाललाई बढी पैसा तिर्नुका साथै अलपत्र पर्ने क्रमसमेत बढेको छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC