site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकका भूकम्पपीडितलाई ९० प्रतिशत छुटमा सालको काठ वितरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सुरेश बुढाथोकी
सिन्धुपाल्चोक । गत वर्ष वैशाखमा गएको भूकम्पबाट सबैभन्दा धेरै प्रभावित सिन्धुपाल्चोकका भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि ९० प्रतिशत छुटमा सालको काठ वितरण गर्न सुरु गरिएको छ । आइतबार चौतारा नगरपालिकाका सर्बे तामाङ र किरणमान श्रेष्ठलाई काठ प्राप्त गर्ने काठ छुट पुर्जी दिँदै वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले काठ वितरणको सुरुवात गरे । 
सिन्धुपाल्चोकसँगै भूकम्पबाट प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई क्षतिग्रस्त घर पुनर्निर्माणका लागि ९० प्रतिशत छुटमा काठ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयअनुसार सिन्धुपाल्चोकका भूकम्पपीडितलाई आइतबारबाट सालको काठ वितरण गर्न सुरु गरिएको हो । 
यसरी वितरण गरिएको काठलाई भूकम्पपीडितले प्रति क्युफिट ९२५ रुपैयाँ तिर्नुपर्नेछ । वन मन्त्रालयको निर्देशिकाको दफा ११ को ११ नम्बर बुँदाअन्तर्गत पीडितलाई काठको बजार मूल्यको ९० प्रतिशत छुटमा ढुवानी खर्च जोडेर प्रति क्युफिट ९२५ रुपैयाँमा वितरण गरिएको हो । हाल सालको काठको बजार मूल्य प्रति क्युफिट ४ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म छ । सिन्धुपाल्चोकमा प्रतिघर २५ क्युफिटका दरले काठ वितरण गर्न सुरु गरिएको छ ।
सिन्धुपाल्चोकका ७८ हजार ५३४ जना भूकम्पपीडितमध्ये सहुलियत दरमा काठ प्राप्तिका लागि २५ हजारले जिल्ला वन कार्यालयमा निवेदन दिएका छन् । सबै पीडितलाई २५ क्युफिटका दरले काठ वितरण गर्ने हो भने ६० हजार क्युफिट काठ आवश्यक पर्छ । तर, पहिलो चरणको वितरणका लागि २ हजार क्युफिटमात्र चौतारा काठ वितरण डिपोमा ल्याइएको छ । 
वन विभागको निर्देशिकामा भूकम्प प्रभावित जिल्लामा प्रभावित नभएका जिल्लाबाट जम्मा काठको ५० प्रतिशतसम्म पैठारी गर्न पाइने प्रावधान छ । सोही प्रावधानअनुरूप नवलपरासी जिल्लाबाट २ हजार क्युफिट काठ सिन्धुपाल्चोक ल्याइएको छ । ९० प्रतिशत छुटमा काठ वितरण गर्ने अवधि ५ वर्षसम्म रहने वन मन्त्रालायले जनाएको छ । “हामीले पहिलो चरणमा २ हजार क्युफिट सालको काठ सिन्धुपाल्चोक ल्याएका छौं,” वनमन्त्री सापकोटाले भने, “५ वर्षसम्म सहुलियतको काठ पाइनेछ ।”
सहुलियत दरमा काठ प्राप्तिका लागि निवेदन दिएका पीडितलाई उनीहरूको आवश्यकता र घर निर्माण सुरु गरिसकेको आधारमा प्राथमिकतामा राखी काठ वितरण गर्दै जाने जिल्ला वन अधिकृत तथा वन पैदावार आपूर्ति समितिका संयोजक शिवबहादुर सापकोटाले बाह्रखरीलाई बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC