site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमसीसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली इंग्ल्यान्ड प्रस्थान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ । 
एमसीसीसँगको खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सोमबार इंग्ल्यान्ड भ्रमणमा निस्किएको हो ।
 
नेपाली टोलीले आगामी साउन ४ गते मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डसमा खेल्नेछ । खेल ५० ओभरको हुनेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको लर्ड्समा खेल्न लागेको हो ।  त्यस्तै नेपाली टोलीले त्यसअघि स्थानीय क्लबसँग अन्य ४ मैत्रीपूर्ण खेल खेल्ने छन् । त्यसमा दुई ५० ओभर, एक ४० ओभर र एक ट्वान्टी–२० रहेको छ ।  
 
बेलायत भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बित गरेपछि नेपाली टोली पहिलो अन्तराष्ट्रिय खेल खेल्न इंग्ल्यान्ड गएका हुन् । क्यानमा राजनीतिक हस्तक्षेप भएको र क्यान विवादमा फसेको भन्दै आईसीसीले गएको अप्रिलमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।  
 
इंग्ल्यान्ड जाने नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर, सुवास खकुरेल, विक्रम शोव र अनिल मण्डल रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC