site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब १ मिनेटमै नक्सा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सुरेश बुढाथोकी
सिन्धुपाल्चोक ।
जिल्ला नापी कार्यालय सिन्धुपाल्चोकबाट प्रवाह हुने सबै प्रकारका सेवालाई ‘डिजटलाइज’ गरिएको छ । कार्यालयबाट प्रदान गरिने नक्सा ट्रेस, कित्ताकाट, ब्लु प्रिन्ट फिल्ड बुक लगायतका सेवालाई ‘डिजिटलाइज’ गरिएको हो । नापी कार्यालयबाट दिईने डिजिटल सेवाको शुभारम्भ आइतबार नापी बिभागका महानिर्देश कृष्णराज विशीले गरेका हुन् । आफ्नो कार्यालयबाट प्रदान गरिने सबै सेवालाई डिजिटलाइज गर्ने नापी कार्यालय सिन्धुपाल्चोक पहिलो सरकारी कार्यालय हो ।
नापी कार्यालयबाट प्रवाह हुने सेवा ‘डिजिटलाइज’ गरेसँगै नापीमा काम लिएर आउने सेवाग्राहीरुले छिटो छरितो तरिकाले सेवा पाउने भएका छन् । नापी कार्यालयबाट प्रदान गर्ने नक्साको ट्रेस सेवाग्राहीले अब १ मिनेटमै पाउने भएका छन् । यसअघि नक्सा टे«स बनाउन ४५ मिनेटदेखी १ घण्टासम्म लाग्थ्यो भने अब १ मिनेटमै नक्साको टे«स बनाउन सकिने नापी कार्यालयले बताएको छ ।
जसबाट जिल्लाको हिमाली भेगदेखी नापी कार्यालयमा काम लिएर आउने सेवाग्राहीको श्रम तथा समयको बचत हुनेछ ।
नापी कार्यालयको यो सेवालाई ‘डिजिटलाइज’ गर्नुभन्दा पहिले नक्साको टे«स बनाउन घाम लाग्नुपथ्र्यो । घाम नभएको समयका नक्सा निकाल्ने काम ठप्पप्रायः हुन्थ्यो । तर अब भने सेवाग्राहीले घाम पनि कुर्न नपर्ने भएको छ । “यसअघि एउटा नक्सा टे«स निकाल्न १ घण्टासम्म समय लाग्थ्यो । साथै घाम नलागेको बेला टे«स निकाल्ने कामै हुदैनथ्यो ।
एकजना कर्मचारीले दैनिक मुस्किलले १० वटा मात्र टे«स निकाल्न सक्थे तर अब भने दैनिक ४० वटा नक्सा टे«स सजिलै निकाल्न सकिन्छ”, नापी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख शरदचन्द्र मैनालीले भने । नक्साको साथै ब्लु प्रिन्ट, कित्ताकाट, फिल्डबुक लगायतका सेवा पनि छिटो छरितो तरिकाले प्रदान गर्न सकिने मैनालीले बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC