site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पुराना इलाकालाई नै आधार मानेर स्थानीय निकायको पुनर्संरचना गर्न सरकार र राजनीतिक दलहरू सहमत भएका छन् । 
सोमबार सरकार, राजनीतिक दल र आयोगबीच भएको छलफलमा पुराना ९२७ इलाकालाई नै आधार मानेर राज्यको पुनरसंरचना गर्ने सहमति जुटेको हो । सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, स्थानीय विकासमन्त्री हितराज पाण्डे, नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र नेकपा एमालेबाट भीम रावल सहभागी बैठकले यसअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई नै सदर गर्दै पुराना इलाकालाई नै आधार मान्ने निर्णय गरेको हो । 
बैठकपछि पत्रकारहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भने, “पुराना इलाकालाई नै आधार मानेर स्थानीय निकायको पुनर्संरचना गर्ने सहमति भयो । तर, अहिलेकै ९२७ नै हुनुपर्छ भन्ने छैन ।”
स्थानीय विकासमन्त्री हितराज पाण्डेले आयोगलाई कात्तिक मसान्तभित्र पुरानै इलाकालाई आधार मानेर स्थानीय निकायको पुनर्संरचना गर्न दिने निर्णय भएको बताए । “तर, पुरानै इलाका र सीमा नै हुन्छ भन्ने छैन । त्यसमा तल–माथि हुनसक्छ । यसमा आयोगले विवेक पुर्याएर काम गर्छ,” उनले भने । 
एमाले नेता भिम रावलले मन्त्रिपरिषद्ले गरेको पुरानै निर्णयमा आजको बैठकले पनि सहमति गरेको जानकारी दिए ।  
स्थानीय निकाय पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अब स्थानीय निकायको पुनर्संरचना गर्ने भन्ने विषयमा अन्योल समाप्त भएको बताए । उनले भने, “कात्तिक मसान्तभित्रको समय सीमाभित्र काम गर्न सकिन्छ या सकिँदैन, यसबारे आयोगका कर्मचारीसँग बसेर छलफल गर्छौं ।”
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC