site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्षता गरिरहेको नेपालले पाकिस्तानको ईस्लामावादमा आगामी नोभेम्बर ९ र १० का दिन तोकिएको १९ औं शिखर सम्मेलन स्थगनको बारेमा आयोजक राष्ट्र पाकिस्तानको तर्फबाट सूचना पाएको भन्दै सम्मेलन आयोजना गर्न लागि उचित वातावरण बन्न नसकेकोमा दुख व्यक्त गरेको छ ।
नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै  भविष्यमा हुने सम्मेलन सबै देशहरुको सहभागितामा सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपालले आवश्यक परामर्श गर्ने पनि बताएको छ ।
“सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सार्क शिखर सम्मेलनको लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन्छ,” विज्ञप्तिमा  अगाडि भनिएको छ ।
उक्त विज्ञप्तिमा नेपालले अर्थपुर्ण क्षेत्रीय सहयोगका लागि शान्ति र स्थिरताको वातावरण हुनु अति आवश्यक रहेको भन्दै यो क्षेत्रमा शान्ति र स्थिरता प्राप्तिका लागि सार्कका सदस्य राष्ट्रहरुले उनीहरुको भूमिलाई आतंकवादीहरुले प्रयोग गर्न नपाउन भन्ने सुनिष्चित गर्नुपर्ने बताएको छ ।  नेपालले विश्वका सबै प्रकारका आतंकबादी कार्यको भ्रत्र्सना गर्ने गरेको तथा त्यस्ता आतंकवादी क्रियाकलापविरुद्ध गरिने कारवाहीप्रति ऐक्यवद्धता रहकोे भन्दै १८ जना भारतीय सैनिकहरुको ज्यान जाने गरी गत सेप्टेम्बरमा भारतको उरीमा भएको आतंककारी घटनाको पनि भ्रत्र्सना  गरेको छ ।
भारतले कास्मिरको उरीमा अघिल्लो महिना भएको आतंककारी घटनाको दोष पाकिस्तानलाई लगाउँदै उसलाई कुटनीतिक रुपले अन्तर्राष्ट्रिय क्षेत्रमा एक्ल्याउने रणनीति अनुरुप भारतले मंगलवार इस्लामावादमा तोकिएको शिखर बैठकमा भाग लिन असमर्थ रहेको जनाएको थियो ।  भारतको सिको गर्दै इस्लामावादमा हुन गइरहेको सार्कको सम्मेलनलाई बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानले पनि बहिष्कार गरेको बताएका थिए । 
सार्कका पाँच सदस्य राष्ट्रहरुले बहिस्कार गरे पछि पाकिस्तानले  शनिबार सार्कको बैठक अनिश्चितकालका लागि स्थगित गरेको  थियो । सार्क बडापत्रमा कुनै एउटा राष्ट्र अनुपस्थित वा असहमत भएमा सम्मेलन वा कुनै निर्णय हुन नसक्ने प्रावधान छ । बडापत्रमा दुई देशबीचको आपसी विवाद बैठकमा उठाउन नपाउने पनि उल्लेख छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC