site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसी आठौँ पटक अनशनमा, पक्ष/विपक्षमा नाराबाजी (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसँगै भ्रष्टाचारविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आइतबारबाट आठौंपटक अनशन बसेका छन् । दुई साताअघि डा. केसीले दिएको ‘अल्टिमेटम’ सरकार र राजनीतिक दलले वेवास्ता गरेको भन्दै उनले पुनः अनशन सुरु गरेका हुन् । डा. केसीले पत्रकार सम्मेलन गर्दै माग पूरा नभएसम्म अनशन फिर्ता नहुने स्पष्ट पारे । 
 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाए पनि डा. केसी वार्तामा गएनन् । उनले प्रतिनिधिलाई पठाएका थिए । तीन बजे पत्रकार सम्मेलनको आयोजना गरेकाले वार्तामा नगएको जानकारी दिँदै उनले प्रतिनिधिसँगको वार्ता सकारात्मक नहुने बताएका थिए । 
 
अन्तिम समयमा वार्तामा बोलाएर सरकारले आफूलाई अल्मल्याउन खोजेको उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँगको  टेलिफोन सम्वादमा आफू नआउने भए प्रतिनिधि पठाउन आग्रह गरेपछि केसीले डा.जीवन क्षेत्री, नेपाल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जन, स्नेहा बन्धु रेग्मी लगायतलाई वार्तामा पठाएको केसी सम्बद्ध स्रोतले जानकारी दियो । 
 
उनले कार्यक्षेत्र नाघेर केयूको प्रवेश परीक्षामा गरेको भन्दै अख्तियार प्रमुख लोकमानसिँह कार्कीलाई संसदले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । 
 
त्यस्तै डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्न, माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न र आफूसँग विगतमा भएका सहमति सम्झौता पालना गर्न पनि माग गरेका छन् ।
 
डा. केसीको विरोध गर्ने डाक्टरहरुले केसी बिरुद्ध शिक्षण अस्पताल परिसरमा बोल्ने प्रयास गरेका थिए । तर, केसीको समर्थनमा रहेका मेडिकल साइन्सका विद्यार्थीहरुले उनीहरुको  बोल्ने प्रयास असफल बनाइदिएका थिए । 
 
विद्यार्थीहरुले डा. केसीको समर्थनमा नाराबाजीसमेत गरेका थिए । उनीहरुले ‘डा. केसी जिन्दावाद!, लोकमान सिंह मुर्दावाद!’ जस्ता नारा लगाएका थिए । 
 
 
 
भिडियो :

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC