site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
अफगानिस्तान । केही महिनाअघिदेखि अवरुद्ध हुँदै आएको अफगानिस्तान र पाकिस्तानबीचको सीमाना शनिबारदेखि सुचारु भएको छ । सीमानामा रहेको भनिएको उक्त सीमामार्ग शानिबार पुनः खुलेको समाचारमा जनाइएको छ । 
 
यी दुई देशका बीचमा रहेको व्यापक हिंसापछि यो सीमाना बन्द गरिएको थियो । सीमानामा गोली हानाहान हुने र तालिवानको एक आपसमा घुसपैठा भएको भन्दै सो सीमाना बन्द भएको थियो । 
 
लामो समयपछि यो सीमाना खुलेको बताइएको पाकिस्तानबाट विभिन्न स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीमा क्षेत्रमा हुने गरेका हिंसात्मक क्रियाकलापपछि यो सीमामार्ग बन्द गरिएको थियो । 
 
यो सीमाना पाकिस्तानी पक्षबाट यो मार्ग बन्द गरिएको थियो । तर पाकिस्तानले भने अफगानिस्तानका कारण बन्द गर्नुपरेको जनाएको थियो । 
 
तर पनि पछि यो खुला भएको बताइएको छ । अधिकारीहरुले पाकिस्तानी पक्षबाट निर्माण हुन लागेको गेटका कारण भएको विवादबाट सो बन्द भएको र शनिबार मात्र खुलेको जनाएका छन् । 
 
द्विपक्षीयरुपमा हुने गरेका हिंसात्मक घटनाका कारण यो सीमाना बन्द गरिएको थियो । त्यस मार्ग निर्माणका क्रममा भएको विवादबाट गतहप्ता मात्र तीन अफगान प्रहरी र एकजना पाकिस्तानी सैनिक अधिकारी मारिएका थिए । 
 
दुवैतर्फबाट हुने गरेका भनिएका आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका लागि यो मार्ग बन्द गरिएको थियो । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC