site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
इस्तानबुल । टर्कीले रसियाली विमनलाई आफ्नो आकासमा उडेको भन्दै खसालिदिएपछि चिसिएको टर्की र रसियाको सम्बन्धका कारण धरासाही बनेको पर्यटनमा शनिबार रसियाली विमानले १८९ पर्यटक लिएर अवतरण गरेपछि सुधारको सङ्केत देखापरेको छ । 
 
सन् २०१५ को नोभेम्बरमा सिरियाली सिमानामा विमान आक्रमणपछि रसियाले टर्कीसँग सुरक्षाको कारण दर्शाउदै पर्यटकीय प्याकेज र खाद्यान्नलगायतका गतिविधिमा प्रतिबन्धको घोषणा गरेको थियो । 
 
टर्कीको पर्यटन बजारका लागि रसिया प्रमुख स्रोत हो । विमान आक्रमणपछि रसियाली पर्यटकको टर्की आउने क्रममा औषत करिब ९० प्रतिशतले गिरावट आएको थियो भने जुनमा यो सङ्ख्या ९८.५ प्रतिशतले कमी आएको टर्कीको यानतल्या विमानस्थलले जनाएको छ । 
 
आनतल्या क्षेत्र रसियाली पर्यटकका लागि आरामदायी रिसोर्ट मनोरञ्जनको केन्द्र मानिए पनि नोभेम्बरपछि त्यहाँ पुग्ने रसियाली नागरिक नगन्यमात्र भएका विमानस्थल स्रोतले बतायो । 
 
टर्कीका राष्ट्रपति रसेप तैयप एर्डोगानले विमान आक्रमणको घटना दुःखद भएको भनी रसियाली राष्ट्रपतिलाई पत्राचार गरेपछि दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो । वार्तामा सहमति भएअनुसार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीमाथि लगाइएको आर्थिक प्रतिबन्द फुकुवा गर्न सरकारलाई निर्देशन दिएका थिए । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC