site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रदेश नम्बर सातको नाम ‘सुदूरपश्चिम’ राख्ने निर्णय गरियो । कतिपयको चित्त बुझेन तर प्रदेश सभामा प्रचण्ड बहुमत भएकाले पारित भयो । यसभन्दा पहिले प्रदेश ६ को कर्णाली र प्रदेश ४ को गण्डकी नाम राखिएको छ । प्रदेश ४ र ६ को नामाकरणमा भने खासै विवाद भएन । यसैगरी प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नजिकको वन क्षेत्र तोकियो । प्रदेश ४ को पोखरा र ६ को सुर्खेत राजधानी तोकियो । प्रदेश ४ र ६ मा कुनै विवाद भएन । प्रदेश ७ को राजधानी छनोटले भने चर्को विवाद निम्त्याएको छ । हालको प्रदेश राजधानी धनगढीका बासिन्दाले विरोध गर्नु उति अस्वाभाविक हैन । तर, गोदावरीको तेघरीलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेश सभाको निर्णयको भने देशभरबाट असन्तुष्टि प्रकट भएको छ । वन मासेर सहर बसाउनु उचित हैन र आवश्यक छैन भन्ने मान्यता राख्नेहरूले नै मूलतः तेघरीलाई राजधानी बनाउने निर्णयको विरोध गरेको छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला वन मासेर सहर बसाउने शैलीको विकासलाई ‘हेनरी फोर्ड‘ शैली भन्ने गर्थे । फोर्ड उन्नाइसौं शताब्दीको अमेरिका भएको भौतिक विकासका अगुवा मानिन्छन् । भौतिक विकासका क्रममा मानवीय र प्राकृतिक पक्षको बेवस्ता गर्ने पुँजीवादको प्रतिनिधित्व फोर्डले गर्छन् । बीपीले पनि त्यही अर्थमा ‘हेनरी फोर्ड मोडेल‘को चर्चा गरेका हुन् । पुँजीवादको विरुद्ध खडा भएको कम्य्ुनिस्ट जगत्को पनि विकासको आदर्श भने ‘हेनरी फोर्ड’कै शैली भयो । संसारका ठूला कम्युनिस्ट मुलुकहरूले कम्युनिज्मका नाममा राज्य पुँजीवाद चलाए । भौतिक विकास भएपछि जनताको हित भइहाल्छ र त्यस क्रममा मानवीय, सामाजिक, प्राकृतिक पक्षहरू गौण हुन्छन् भन्ने चिन्तन कम्युनिस्ट र पुँजीवादी भनिनेहरूमा समानरूपमा देखियो । अहिले प्रदेश नम्बर ७ को राजधानी छान्ने क्रममा होस् वा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण बनाउन आवश्यक भन्दा धेरै र चाँडै वन फाँड्न देखाइएको आतुरता यही हेनरी फोर्ड शैलीको अनुसरण हो । 

Prabhu Bank
Agni Group
NIC Asia

शीतयुद्ध नसकिँदै ‘फोर्ड मोडेल’को विकल्प खोज्न थालिएको थियो । फोर्ड मोडेलबाट सामान्य जनताको हित नभएको र विकास दिगो पनि नहुने अनि धर्तीको भारवहन क्षमताले पनि नधान्ने ठहर गरेरै त्यसको विकल्प खोजिएको हो । यसरी विकल्पको खोजीको नेतृत्व संयोगवश बीपी कोइरालाकै वैचारिक मित्रहरूले गरे । सन् १९७० र ८० को दशकमा जर्मनीका विली ब्रान्ट, नर्वेकी ग्रो हर्लम ब्रुन्टल्यान्डजस्ता सोसलिस्ट इन्टरनेसनलका नेताहरूकै नेतृत्वमा संयुक्त राष्ट्रसंघले वैकल्पिक विकास चिन्तनको अध्ययन गरायो । संसारले अहिले आत्मसात गरेको दिगो र सन्तुलित विकास ढाँचा तिनैका सिफारिसमा आधारित छन् । बीपीको कोइरालाका मित्र ब्रान्टले त आफ्नो निष्कर्षमा बीपीका विचार पनि प्रेरक रहेकोसमेत उल्लेख गरेका छन् । तर, नेपालमा भने प्राकृतिक वातावरण, विकास तथा मानव हितबीच सन्तुलन हुनुपर्छ भन्ने मान्यतालाई कहिल्यै महत्त्व दिइएन । बूढीगण्डकीजस्तो जलाशययुक्त जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनसमेतटारा टार्ने प्रकारले गर्नु यसको ज्वलन्त उदाहरण हो ।

प्रकृतिको बाँच्ने अधिकार संवैधानिक भइसकेको एक्काइसौं शताब्दीमा समेत नेपालमा चाहिँ अरू उत्तम विकल्प हुँदाहुँदै पनि वन मासेर सहर बनाउने योजना बनाइन्छ । व्यक्तिको स्वार्थ, अहंकार र अज्ञानका कारण प्राकृतिक वातावरणमाथि हुने ज्यादतीको प्रतिशोध प्रकृतिले बेलाबखत लिने गरेको देखिएको छ । यसैले पहिरोको काखमा राजधानी बनाएर बस्ती बसाउने आत्मघाती निर्णय प्रदेश ७ को सरकारले फिर्ता लिनु उचित हुनेछ । ‘भए धनगढी नभए दीपायल’ भन्ने लोकप्रिय विकल्प नअपनाई गोदाबरीको तेघरीलाई जबर्जस्ती राजधानी बनाउने जिद्दी निकै महँगो पर्न सक्छ । यसैले बेलाछँदै वन मासेर सहर बसाउने सनकबाट मुक्त हुनु बुद्धिमानी हुनेछ । सोह्रौं शताब्दीतिरका मुगल राजाहरूले जस्तो राजधानी सारेर जनतासँग प्रतिशोध लिने मध्यकालीन प्रवृत्तिबाट प्रदेश ७ का कम्युनिस्ट नेताहरू मुक्त होऊन् !   सम्बन्धित क्षेत्रको भारवहन क्षमताकाे मूल्यांकनै नगरी मानव बस्ती बसाउनु मूर्खतापूर्ण अपराध हो

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC