site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइँदै, प्रतिवेदनमा मेरो पूरै सहमति छ : केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार (आज) गृहमन्त्री रामबहादुर थापालाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिनका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गएको भदौ ७ गते उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको थियो । 

भदौ २५ मा १५ दिनका लागि समितिको म्याद थपिएको थियो । घटनाको अनुसन्धानमा देखिएको प्रहरी कमजोरी, विभिन्न व्यक्तिको बयान प्रतिवेदनमा उल्लेख गरिएको समितिका सदस्य वीरेन्द्र केसीले बताए । “देखिएका सबै कुरा उल्लेख भएका छन् । प्रहरीका विषयदेखि अन्य विभिन्न विषय छन् । सीसीटिभीका कुरा पनि छन्, सबै कुरा नभनौं,” केसीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

केसीले यसअघि समितिको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर पुनः फर्किएका थिए । प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले भने, ‘‘यो प्रतिवेदनमा मेरो पनि पूरै सहमति छ ।’’ समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

समिति स्रोतका अनुसार निलम्बनमा परेका ६ प्रहरी अधिकृत बाहेक अरुलाई कारबाहीको सिफारिस गरिएको छैन । बलात्कारपछि निर्मलाको हत्या भएपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । हत्या भएको २४ औं दिनमा प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डिएनले निर्मलाको शरीरमा भेटिएको पदार्थसँग मेल नखाएपछि उनी थुनामुक्त भएका थिए ।

Global Ime bank

दिलिप पक्राउ परेपछि चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको बताए पनि परिणामखुखी नतिजा भने आउन सकेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC