site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
डकैती आरोपमा नेपाली युवा हङकङमा पक्राउ, ७ लाख ८६ हजार अमेरिकी डलर नगद लिएर भागेको आरोप
Sarbottam CementSarbottam Cement

हङकङ । हङकङमा गत शुक्रबार हाइ प्रोफाइल डकैतीको आरोपमा एक जना नेपाली युवा पक्राउ परेका छन् । अन्य चार जना गहना पसलका कामदारलाई मासु काट्ने चक्कु प्रहार गरेर ७ लाख ८६ हजार अमेरिकी डलर नगद लिएर भागेको बताइएको छ ।  

कानुनी गतिविधि सञ्चालन गर्ने फर्म चलाएर बसेका २४ वर्षिय ती युवालाई स्थानीय याउ मा तेइको ब्याटरी स्ट्रीटमा शुक्रबार राति साढे ९ बजे प्रहरीले पक्राउ गरेको थियो । उनीसँग घटनाबारे सम्बन्धित कुनै सामग्री नभेटेको भएपनि थोरै परिमाणमा गाँजाजस्तो वस्तु फेला पारेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ती युवालाई डकैती र खतरनाक लागु औषध प्रयोगको अभियोगमा सोमबार काउलोन सिटी अदालतमा पेश गरिएको बताइएको छ । उक्त घटनामा संलग्न अन्य अभियुक्तको बारेमा खोजी भइरहेको जनाइएको छ । प्रहरीले जनाएअनुसार भागेका व्यक्ति कम्तिमा तीन जना रहेको र उनीहरु दक्षिण एशियाली मूलका जस्ता देखिन्छन् ।

शुक्रबारको सो घटना पूर्वी होक युएन स्ट्रीटमा बिहान भएको थियो । घटनामा संलग्न युवाहरुले स्टोरका कामदारमाथि आक्रमण गरी दुई वटा ब्यागमा रहेको ७ लाख ४० हजार अमेरिकी डलर र हङकङ डलर ३ लाख ६३ हजार ६० समेत गरी ७ लाख ८६ हजार रकम तथा केही थान चेक समेत लुटेको आरोप लगाइएको छ । घटनामा स्टोरका केही कामदार घाइते भएका थिए । पक्राउ परेका नेपालीको परिचय भने खुलाइएको छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC