site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अब अस्ट्रेलियामा पनि 'बाजेको सेकुवा'

सिड्नी । अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै नेपालीपनले पनि छपक्कै ढाक्न थालेको छ । विदेशमा देश चिनाउने अनेकन माध्यममध्ये नेपाली स्वाद पनि एक हो । कुनै पनि देशको साहित्य, संगीत र कलाले त्यो मुलुकको संस्कृति झल्काउँछ, खाने परिकारले जनजीवनको समृद्धि केलाउने काम गर्छ । स्वादको विविधता भएका नेपाली परिकार विस्तारै विदेशमा पनि लोकप्रिय बन्दै छन् ।

यस्तैमा नेपाली जनजिब्रोमा परिचित स्वादका रूपमा स्थापित 'बाजेको सेकुवा'ले पनि विदेशमा विस्तार हुने मौका पाएको छ । यतिबेला अस्ट्रेलियाको सिड्नीस्थित मेरिल्यान्डमा 'बाजेको सेकुवा' सुरु भएको छ ।

उसो त सिड्नीमा सयौँको संख्यामा नेपाली रेस्टुरेन्ट छन् । तर, नेपाली स्वाद र पहिचानको दृष्टिले बाजेको सेकुवा अलग र फरक ब्रान्ड बनेको यसका सञ्चालक सौरभ अधिकारी बताउँछन् ।

Dabur Nepal
NIC Asia

"यो एउटा संयोग नै भन्नुपर्छ, नेपाल जाँदा बुबा मुकुन्द अधिकारी खाना खान बाजेको सेकुवा पुग्नुभएको रहेछ । उहाँलाई त्यहाँको खानपान र अतिथि सत्कारले आकर्षित गरेपछि उहाँले सिड्नीमा बाजेको सेकुवा खोलौँ भन्ने प्रस्ताव ल्याउनुभयो । हामीले सल्लाह गर्‍यौँ र यसलाई मूर्तरूप दियौँ," सौरभ भन्छन् ।

रेस्टुरेन्टका अर्का सञ्चालक विशाल खड्गी नेपालमा रहेको बाजेको सेकुवाअन्तर्गत रहेर फ्रेन्चाइजका रूपमा नेपाली स्वाद अस्ट्रेलियामा पस्किने प्रयास गरेको बताउँछन् ।

"सेकुवाको स्वाद र मसला सबै नेपालबाटै आउँछ । एक महिनाको विशेष तालिमपछि अनुभवी कुकहरूले यसलाई उही नेपाली स्वादमा ढाल्न सफल हुनुभएको छ," खड्गीले भने ।

उनका अनुसार, 'बाजेको सेकुवा'मा नेपालमा पाइने 'हड्डी सुप'देखि सेकुवाका सबै परिकार पाइन्छ । "केही फरक र अलग गरेर मुलुकको स्वाद पस्कने सोचमा बाजेको सेकुवा रोजाइमा परेको हो," उनले भने ।

बाजेका सेकुवा, नेपालका कार्यकारी प्रमुख चेतन भण्डारी नेपाली ब्रान्डलाई पनि विदेशमा फ्रेन्चाइज बनाएर लग्न सकिने प्रयासले मूर्तरूप लिएको बताउँछन् । नेपालबाहेक अमेरिकामा पनि बाजेको सेकुवाले राम्रो बजार लिएको र अस्ट्रेलियामा पनि सबैले मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

"बाजेको सेकुवा नेपाली स्वादमात्र होइन, नेपालीपनको पहिचान पनि हो । यसैले पनि नेपाली समुदायको बाहुल्य भएका अन्य देश र सहरमा पनि फैलाउने योजना छ," उनले सुनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro