site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन जोशीको उद्धार प्रयासबारे इजरायली अधिकारीसँग राजदूत पण्डितले लिए जानकारी

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको आक्रमणमा परेर गत वर्षदेखि बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी उद्धारका बारेमा भइरहेका प्रयासबारे इजरायली अधिकारीसँग जानकारी लिएका छन् । 

राजदूत पण्डितले हिजो (बिहीबार) इजरायली प्रधानमन्त्री कार्यालयका ‘बन्धक तथा बेपत्ता पारिएकाहरूका संयोजक’ गार्ल हिससँग उनकै निवासमा भेट गरी सो विषयमा जानकारी लिएका हुन् । 

त्यस अवसरमा इजरायली प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका गार्ल हिसले बन्दीका विषयमा आएका थुप्रै समाचार सत्य नभएको बताएका थिए । उनले इजिप्ट सरकारसामु हमासले बन्दीहरूको विवरण–सूची पठाएको समाचारमा पनि आधार नभएको र नेपालका विविध सञ्चारमाध्यममा यस विषयमा आएका खबरको पनि स्रोत विश्वसनीय नभएको जानकारी गराएका थिए । 

यस विषयमा नेपाल र इजरायल सरकारका प्रतिनिधि तथा कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै राजदूत पण्डितले नेपाल, इजरायल र विश्व मञ्चमा यस विषयसँग सम्बन्धित अरब देशका कूटनीतिज्ञहरूसँग आवश्यक समन्वयलाई झनै प्रभावकारी बनाई बन्दी रिहाइका लागि थप पहल गरिदिन समेत अनुरोध गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro