अर्थ व्यवसाय
काठमाडौं । अग्नि ग्रुपले नुवाकोटको बिदुर–४, बट्टारमा नयाँ आधिकारीक बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । महिन्द्राको नयाँ सोरुमको नाम ‘कला मोटर्स’ रहेको छ । यस बिक्रीकक्षले महिन्द्राका ग्राहकलाई बिक्री र मर्मतसम्बन्धी सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टस् पनि उपलब्ध गराउनेछ ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्यमाननिय हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले बिक्रीकक्षको सामुहिक उद्घाटन गरेका हुन् । यस बिक्रीकक्ष स्थापनाको उद्देश्य नुवाकोट र आसपासका क्षेत्रका ग्राहकको कम्पनीमा सिधा पहँुच र गुणस्तरीय सेवा सुलभ र कम खर्चिलो बनाउनु रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ १९:२७
प्रतिक्रिया दिनुहोस्