site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ने क पामा प्रदेश इन्चार्ज तोकिए, कसलार्इ कुन जिम्मेवारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाँडफाँड गरेको छ । ने क पाको शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो । 
जस अनुसार प्रदेश १ को प्रदेश संगठन कमिटीको इन्चार्जमा भीमप्रसाद आचार्यलाई तोकिएको छ । सहइन्चार्ज सावित्री काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिवमा सुरेशकुमार राईलाई तोकिएको छ । प्रदेश २ को प्रदेश संगठन कमिटीको इन्चार्जमा सत्यनारायण मण्डल चयन गरिएको छ । त्यसैगरी विश्वनाथ साहलाई सहइन्चार्ज, प्रभु साहलाई अध्यक्ष र सुमनराज प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ । 
ने क पाले प्रदेश ३ को प्रदेश संगठन कमिटीको इन्जार्चको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ । सहइन्चार्जमा नारायण दाहाल, अध्यक्षमा हितमान तामाङ र सचिवमा आनन्दप्रसाद पोखरेल छन् । 
सो प्रदेशले महिला इन्चार्ज पाएको छ । गण्डक प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी तथा अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीलाई बनाइएको छ । प्रदेश ५ को इन्चार्ज शंकर पोखरेललाई तोकिएको छ । सहइन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा छन् । 
कर्णाली प्रदेशमा ने क पाको नेतृत्व जनार्दन शर्मालाई दिइएको छ । सो प्रदेशमा यमलाल कँडेल सहइन्चार्ज, गोरख बोगटी अध्यक्ष र मायाप्रसाद शर्मा सचिव छन् । 
प्रदेश ७ को प्रदेश संगठन कमिटीको इन्चार्जको जिम्मेवारी भीम रावललाई दिइएको छ । सहइन्चार्ज लक्ष्मीदत्त जोशीलाई तोकिएको छ । कर्णबहादुर थापालाई सो प्रदेश संगठन कमिटीको अध्यक्ष र सिंहराज चौधरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।
करिब ४ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रदेश संगठन कमिटीको नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । व्यापक छलफल पछि सर्वसम्मतिले सबै प्रदेश कमिटीको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको पार्टी सचिवालयका सदस्य इश्वर पोखरेलले जानकारी दिए । 
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबार (भोलि) बाट हुने आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराएका थिए अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत र चीन भ्रमणबारे ब्रिफिङ गरेका थिए । 
 

कहाँ को ?

प्रदेश १

Prabhu Bank
Agni Group
NIC Asia

इन्चार्ज : भीम आचार्य

अध्यक्ष : देवराज घिमिरे

Global Ime bank

सहइन्चार्ज : सावित्रीकुमारी काफले

सचिव :  सुरेशबहादुर राई

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल

अध्यक्ष : प्रभु साह

सहइन्चार्ज : विश्वनाथ साह

सचिव : सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्ज : अष्टलक्ष्मी शाक्य

अध्यक्ष : हितमान शाक्य

सहइन्चार्ज : नारायण दाहाल

सचिव  : आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ

अध्यक्ष : हितराज पाण्डे

सहइन्चार्ज : खगराज अधिकारी

सचिव : गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज : शंकर पोख्रेल

अध्यक्ष : ओनसरी घर्ती

सहइन्चार्ज : दलबहादुर राना

सचिव : जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज : जनार्दन शर्मा

अध्यक्ष : गोरखबहादुर बोगटी

सहइन्चार्ज : यमलाल कँडेल

सचिव : मायाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज : भीम रावल

अध्यक्ष : कर्ण थापा

सहइन्चार्ज : लक्ष्मणदत्त जोशी

सचिव : नेप चौधरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC