site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेरु इतिहासकै कमजोर, मुद्रा अवमूल्यनमा भारतको आफ्नै पीडा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय मुद्रा (भारु) दिनहुँ अवमूल्यन हुँदा स्थिर विनिमय दरका कारण नेपाली मुद्रा इतिहासकै सर्वाधिक कमजोर बनेको छ । अमेरिकी डलरको उतारचढावबाट भारुमा प्रभाव पर्नु, अमेरिकाले टर्कीमाथि गरेको कडाइ र त्यहाँ उत्पन्न आर्थिक संकटको प्रभाव अन्य देश र भारत हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो ।

उता भारतको पीडा छुट्टै छ । अमेरिकाको निरन्तर दबाब, बढ्दो चालू खाता घाटा तथा अर्थतन्त्रबाट वैदेशिक लगानी बाहिरिँदा भारु निरीह बनेको हो । नौ महिनामै डलरको दाँजोमा भारु १३ प्रतिशत अवमूल्यन भएर सन् २०१८ मा संसारकै सबैभन्दा कमजोर प्रदर्शन गरेको मुद्राको सूचीमा परेको छ । यो सूचीमा भेनेजुएला शीर्षमा छ भने अर्जेन्टिना दोस्रो र टर्की तेस्रोमा छ ।

भारु कमजोर हुने क्रममा बुधबार १ डलरको परिवत्र्य दर ७३.१६ भारु पुगेको छ । यो वर्ष सुरुमा डलरको दाँजोमा भारुको परिवर्त्य दर ६३.६७ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाले गत जुनदेखि भारत र चीनलगायत देशलाई इरानबाट पेट्रोलियम पदार्थ आयात नगर्न दबाब दिँदै आएको छ । नाभेम्बर ४ सम्म यो काम बन्द नगरे भारत र चीनले पनि प्रतिबन्ध झेल्नबाट कुनै छुट नपाउने चेतावनी वासिङटनको थियो । अमेरिकाको चेतावनीपछि भारु निरन्तर कमजोर बन्दै आएको छ । यो क्रम रोक्न केही प्रयास थालेको भए पनि घट्न निरन्तरता पाउने क्रम रोकिएको भने छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारु २०१६ फेब्रुअरीपछिकै सबैभन्दा सस्तो भएको हो । यसमा भारतीय आयातकर्ता तथा बैंकले माग गरेको ठूलो परिमाणको डलरका कारण भारु यो बिन्दूसम्म अवमूल्यन भएको हो ।

Global Ime bank

\"\"

भारत संसारको चौथो ठूलो तेल आयातकर्ता देश हो भने इरान भारतको तेस्रो ठूलो निर्यातकर्ता हो । आर्थिक वर्ष २०१७–१८ को १० महिनामा भारतले इरानबाट १ करोड ८४ लाख टन कच्चा तेल आयात गरेको थियो । अमेरिका यही विषयमा भारतसँग रुष्ट छ ।

भारतीय विश्लेषकहरू भारु अवमूल्यन हुने यो क्रमले २०१९ सम्म निरन्तरता पाउनेमा ढुक्क छन् किनकि यी क्षेत्रबाट ठूलो मात्रामा डलर भारतबाट बाहिरिएको उनीहरूको भनाइ छ । इरानबाट प्राकृतिक ग्यास किनेको आरोपमा अमेरिकाले टर्कीमाथि लगाएको नाकाबन्दी र त्यहाँ उत्पन्न आर्थिक संकटको प्रभाव दक्षिण एसियाली मुलुकको मुद्रामा परिरहेको सञ्चारमाध्यमले जनाका छन् ।

अमेरिकी ब्याज दर बढ्दा तथा विश्वव्यापी व्यापारिक विवाद बढ्दा केही उदीयमान अर्थतन्त्रले असाधारण कदम चालिसकेका छन् । जसमध्ये टर्कीले अमेरिकाबाट आयात हुने वस्तुमा ‘ट्यारिफ’ लगाएको छ भने अर्जेन्टिनाले ब्याज दर ६० प्रतिशतसम्म पु¥याएको छ ।

यस्ता छन् कारणः

अमेरिकाले यसअघि इरानसँगको आणविक सम्झौता अन्त्य गर्दै तेहरानको आणविक अभियान रोक्न प्रयास गर्दै आएको छ । इरानसँग सम्बन्ध चिसिएका कारण अमेरिकाले कुनै देशले इरानसँग व्यापार गरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

टर्कीमा अमेरिकाले लगाएको प्रतिबन्धबाट भारतमा लगानी गरेका विदेशी डराएका छन् । अमेरिकी अर्थतन्त्रमा सुधार हुँदै गएकाले लगानीकर्ताले विकासशील मुलुकबाट पैसा निकालेर अमेरिकामा लगानी गर्न थालेका छन् । उनीहरूले भारतमा गरेको लगानीको ठूलो हिस्साबाट हात झिक्न थालेका छन् । संस्थागत लगानीकर्ताले ठूलो परिमाण झिक्दा भारतलाई ठूलो असर परेको छ ।

डलर लगातार बलियो हुँदै जानु र पेट्रोलियम पदार्थ आयातको बढ्दो बजेट नै यसका विशेष कारण रहेको हो । भारतले आवश्यकता पूर्ति तथा आर्थिक विकासका लागि आवश्यक इन्धन आयातले डलर माग बढाएको हो । यसको परिणाम भारतीय व्यवसायीले आयातका लागि ठूलो परिमाणमा डलर माग गर्न थालेका छन् भने गैरआवासीय भारतीयका माध्यमबाट प्राप्त हुने विप्रेषणमा कमी आएको छ । भारतसँग भएको विदेशी मुद्रा सञ्चितिमा डलर कम हुँदै गएपछि भारतको चालू खाता घाटा बढेको छ ।

\"\"

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा भारतीय आयातको बिल बढ्दै गएको छ भने निर्यातमा गिरावट आएको छ । ढाड भाँच्चिने महँगी र करिब–करिब खालि हुँदै गएको सञ्चिति भारतको मुख्य समस्या हो । यसै गरी चीन र अमेरिकाबीच बढेको व्यापार युद्धका कारण पनि भारत हच्किएको हो ।

\"\"

भारत यस्तो योजनामा

भारतीय वित्तमन्त्री अरुण जेटलीले कही दिनअघि अनावश्यक आयात कम गर्ने तथा विदेशी लगानीकर्तालाई भारतीय कम्पनीले जारी गरेका बन्ड किन्न सहजीकरण गर्ने बताएका थिए । केही वस्तु तथा सेवा आयातमा पनि प्रतिबन्ध लगाउने उद्घोष उनको थियो ।
यसै गरी भारतले इरानबाट हुने पेट्रोलियम पदार्थ आयात रोक्ने योजना बनाएको रोयटर्सले जनाएको छ । अमेरिकी प्रतिबन्धको चेतावनीका कारण भारतले यस्तो कदम चाल्न लागिएको उल्लेख छ ।


नेपाली बजारमा पर्ने प्रभाव
भारुका कारण नेपाली मुद्रासमेत इतिहासकै कमजोर भएपछि यसले मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अर्थविद बताउँदै आएका छन् । अमेरिकी डलर बलियो बन्दै जाने र नेपाली मुद्रा कमजोर बन्दै जाँदा नेपाली महँगीको मारमा पर्ने उनीहरूको भनाइ छ । नेपालले न्यून निर्यात गर्ने र आयातममै भर पर्नुपर्ने भएकाले व्यापार घाटा चुलिने देखिन्छ । यो घाटाको अर्को नराम्रो असर चालू खाता तथा शोधनान्तरमा पर्छ भने विदेशी मुद्रा सञ्चिति पनि घट्छ ।

डलर भाउ बढ्दा रेमिट्यान्समा भने सकारात्मक प्रभाव पर्छ । विज्ञका अनुसार वैदेशिक रोजगारीमा गएकाले डलरको विनिमय दर बढ्दा नेपाली रकम भने बढी प्राप्त हुन्छ । यसै गरी डलरको उच्च क्रय क्षमताले नेपालजस्तो देशमा पर्यटकको आगमन बढाउन समेत मद्दत पुग्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement