site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अगष्टमा साढे ८७ हजार विदेशी पर्यटक, श्रीलंकन ७४ प्रतिशतले बढे
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो महिनाको तुलनामा अगष्टमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । १८.८ प्रतिशतले पर्यटकको संख्या वृद्धि हुँदा अगष्टमा ८७ हजार ६७९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 
जनवरीदेखि अगष्टसम्म हवाई मार्ग भएर ६ लाख ८० हजमर ९९६ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१७ को जनवरीदेखि अगष्टसम्मको पर्यटन आगमनको तुलनामा यो १८.२ प्रतिशतको वृद्धि हो । 
अघिल्लो वर्षको अगष्टको तुलनामा भारतबाट आउने पर्यटकको संख्यामा ३७.३ प्रतिशतको वृद्धि छ भने श्रीलंकाबाट आउने पर्यटकको संख्यामा भने ठूलो वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ७४.५ प्रतिशतले वृद्धि भएको
छ । समग्रमा सार्क राष्ट्रबाट आउने पर्यटकको संख्यामा ४८.३ प्रतिशतले वृद्धि आएको छ । 
चीनबाट आउने पर्यटकको संख्यामा रहेको वृद्धि पनि कायम छ । बोर्डका अनुसार चीनबाट आउने पर्यटकको संख्यामा वृद्धि ६३.३९ रहेको छ ।  

युरोपबाट आउने पर्यटकको संख्यामा २१.३ प्रतिशत वृद्धि छ भने अमेरिकाबाट आउने पर्यटकको वृद्धि १५ प्रतिशतमा सीमित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यता स्विडेनबाट भने नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ । गत वर्षको अगष्टमा ११५ जना स्विडेनका पर्यटक आएकोमा यो वर्षको अगष्टमा घटेर ८६ मा घटेको छ । यो प्रतिशतका हिसावले माइनस २५ प्रतिशत हो । 

सरकारले तुलनात्मक रुपमा धेरै पैसा खर्च गर्ने युरोप र अमेरिकन देशका पर्यटकको संख्या बढाउनु आवश्यक रहेको भनिरहेका बेला भारत र चीनको तुलनामा युरोप र अमेरिकाका पर्यटकको संख्यामा वृद्धि आउन सकेको छैन । 
हवाई मार्ग भएर आउने पर्यटकको संख्याको तथ्यांक पर्यटन बोर्डले राखे पनि स्थलमार्ग भएर आउने पर्यटकको आंकडा भने राख्ने गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आएका पर्यटकको आंकडा नराखेको भन्दै पर्यटन बोर्डको आलोचना गर्दै आएको छ । नेपाल भारत सीमा नाका खुला भएकाले भारतबाट स्थलमार्ग हुँदै ठूलो संख्यामा पर्यटक नेपाल भित्रिने गरेको सरकारी अधिकारीहरुले नै बताउँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक पनि राख्न निर्देशन दिइसकेका छन् । 

Global Ime bank

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ । २०–२० कार्यक्रम घोषणा गरेको सरकारले २०२० मा २० लाख पर्यटक हवाई मार्ग भएर भित्राउने लक्ष्य राखेको छ । सन् २०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल भित्रिएका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC