काठमाडौं ।आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने छनोट खेलका लागि पारस खड्काको कप्तानीमा खेल्ने १८ सदस्यीय टोलीको घोषणा भएको हो । आइसीसीका प्रतिनिधि अमिनुल इश्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन ।
टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी रहेका छन् । त्यस्तै, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, करन केसी, ललित नारायन राजवंशी, ललित भण्डारी, आरिफ शेख, प्रदिप ऐरी छन् भने सागर पुन, सन्दीप लामिछाने, शाहव आलम, शरद भेषावकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।
नेपाली टोलीका युवा खेलाडी रोहितकुमार पौडेल यु—१९ एशिया कप खेल्ने टिममा परेपछि सिनियर टिममा परेका छैनन् । अक्टोबर ३ देखि अक्टोबर १२ सम्म प्रतियोगिता मलेसियामा हुनेछ । नेपालले आफ्नो पहिलो खेल अक्टोबर ३ मा म्यानमारसँग खेल्नेछ भने दोस्रो अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ ।
त्यस्तै, तेस्रो खेल थाइल्यान्डसँग अक्टोबर ७ मा खेल्नेछ भने चौथो खेल भुटानसँग ९ अक्टोबरमा खेल्नेछ । त्यस्तै, १० अक्टोबरमा चाइनासँग खेल्ने नेपाली टोलीले छनोटको अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरविरुद्ध खेल्नेछ ।