काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं. १० का सांसद राजन के.सी., बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप —कप्तान ज्ञानेन्द्र मल्लले एक समारोहकाबीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।
समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू,उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ एटीएम सञ्चालनमा ल्याएसँगै चोभार क्षेत्र र वरपरका जनता लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
‘योर पार्टनरफर प्रोग्रेस’ नारासहित बैंकले नेपालभर ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईबाट करिव ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।