site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमै पहिलोपटक एसडब्लुएम मोटरसाइकल सार्वजनिक 
SkywellSkywell

काठमाडौं – नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुप अन्तर्गत ज्ञान अर्थमुर्भस प्रा. लि.ले यी बाइक मंगलबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रारम्भ भएको नाडा अटो शोमा सार्वजनिक गरेको हो । 

प्रारम्भमा एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ । 

Dabur Nepal
NIC Asia

ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन–एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो । 

कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्दैछ । साथै निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने योजना बनाएको निर्देशक दीपेश श्रेष्ठले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu