site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपालमा भेटिँदैनन् तिज गायकगायिका, अमेरिकादेखि दिल्लीसम्मका कार्यक्रममा भ्याईनभ्याई
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंगलबार बिहान लोकदोहोरी गायिका मुना थापा मगरले आफ्नो फेसबुक अकाउन्टमा तस्बिरसहितको स्टाटस पोष्ट गरिन्, “धेरैधेरै धन्यवाद आयोजक नेपाली साझा समाज जापान र गुन्माकेनमा रहनुहुने उपस्थित सबैजनालाई माया अनि साथका लागि ।” गुन्माकेनको कार्यक्रम अगाडि उनी जापानमै अर्को तिज कार्यक्रममा थिइन् । फुकुओका नेपाल सोसाइटी फुकुओका जापानले आयोजना गरेको गरेको तिज धमाका–२०१८ मा उनले आफ्नो प्रस्तुति दिएकी थिइन् । 

त्यसअघि टोकियोमा नवलपरासी समाजले आयोजना गरेको कार्यक्रममा पनि उनको प्रस्तुति थियो तर फ्लाइट क्यान्सिल भएपछि उनी सहभागी हुन सकिनन् । मुना तिजको कार्यक्रमका क्रममा यतिबेला जापानमा छिन् । मुना अक्सर कुनै पनि तिजमा नेपालमा हुन्नन् । प्रत्येक वर्ष उनी आफ्नो र अरुका गरेर दर्जनौं तिज गीत गाउँछिन् । 

उनीसँगै जापानमा गुञ्जिए यसपटक प्रकाश सपुत । ‘बोल माया...’ गीतमार्फत् चर्चामा आएका उनी तिजका गीत पनि गाउँछन् र मोडलिङ पनि गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्की लोकदोहोरी गायिका देवी घर्ती पनि यतिबेला जापानमै छिन् । सिन्जोउ कर्पोरेसनले आयोजना गरेको तिज महोत्सवमा देवी रमाइन् । आज (मंगलबार) जापानमै उनको कार्यक्रम छ । चिवा फुनाबासीमा हुने कार्यक्रममा उनले आफ्ना तिज गीत प्रस्तुत गर्दैछिन् । फेसबुकबाटै उनले जापानमा बस्ने नेपालीलाई कार्यक्रममा सहभागिता जनाउन निम्ता पनि दिएकी छन् । 
तिज क्वीन भनेर चिनिने राधिका हमाल पनि यतिबेला नेपालमा छैनन् । आज बिहानमात्रै उनले आफ्नो फेसबुक अकाउन्टमा आफूले प्रस्तुति दिएको कार्यक्रममा सहभागी नाचिरहेको भिडियो अपलोड गरेकी छन् । राप्ती समाजले सिड्नीमा आयोजना गरेको तिज कार्यक्रम सकेर उनी जापान पुगेकी छिन् । 

अब जापानमा उनले बिहुकोट समाजद्वारा आयोजित तिज कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्नेछिन् । उनले यो वर्ष मात्रै करिब चार दर्जन तिज गीत रेकर्ड गरेकी छन् । उनी एउटा स्टेज कार्यक्रमको डेढ लाख रुपैयाँसम्म लिन्छिन् । 

Global Ime bank

पुरुष भएर तिज गीत गाउने र चर्चा बटुल्ने गायक हुन्, पशुपति शर्मा । उनलाई हरेक वर्ष तीजमा देशदेखि विदेशसम्म भ्याईनभ्याई हुन्छ । यो वर्ष पनि उनका कार्यक्रमले निरन्तरता पाए । पशुपति यो वर्ष तिज सेलिब्रेशन–२०७५ कार्यक्रमका लागि अष्ट्रेलिया पुगे । उनीसँगै यो कार्यक्रममा देवी घर्ती, मञ्जु पौडेल पनि थिए । अष्ट्रेलियाको कार्यक्रम सकेर पशुपति शर्मा दिल्लीको तिज कार्यक्रममा पनि सहभागी भए । बर्सेनि अरुका लागि दर्जनौं तिज गीत तयार पारिदिने उनी यो वर्ष उनले नयाँ गीत गाए । ५ वटा गीत गाएका उनले सफलता हात पारे । सबैभन्दा धेरै युट्युबमा हेरिने तिज गीत उनकै भए । 

‘बोल माया...’ गीत गाएर आफूलाई अझ बढी दर्शक तथा स्रोतामाझ पुर्याएकी शान्तिश्री परियारलाई पनि यो तिज राम्रै लाग्यो । रोल्पा, प्युठान र दाङ समाजले संयुक्त रुपमा युएईमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइन् । शान्तिश्रीले अहिले देशका मात्रै होइन, विदेशका कार्यक्रममा पनि थुप्रै अवसर पाउँदै आएकी छन् । 

सुनिता दुलाल पनि तिजमा व्यस्त हुने गायिका हुन् । यो वर्ष पनि उनलाई तीजको कार्यक्रमले छोडेनन् । अष्ट्रेलिया, अमेरिका हुँदै आयरल्यान्ड र युकेसम्मका आयोजकले उनलाई बोलाए । 

उनको तिज कार्यक्रम झापा र काठमाडौंमा पनि थिए । अष्ट्रेलिया गएर गीत गाएपछि उनलाई स्वास्थ्यले साथ दिएन । अघिल्लो हप्ता उनले ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेको तस्बिर आफ्नो फेसबुक एकाउन्टमार्फत् सार्वजनिक गरिन् । उनले तस्बिरसँगै आफू स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै आयोजकसँग माफी पनि मागिन् । उनी अहिले घरमै रेष्ट गरिरहेकी छन् ।

०६४ सालदेखि तिजका गीत गाउन थालेका लोक दोहोरी गायक खुमन अधिकारीको पोल्टामा पनि यो वर्ष विदेशका तिजका कार्यक्रम थुप्रै परे । यो वर्ष तीजका मात्रै ३० वटा गीत गाएका उनको भागमा अष्ट्रेलिया, दुवई, जापान र इजरायलका कार्यक्रम परे । 

अहिले उनी जापान पुगेका छन् । टोकियोको निप्परीमा आयोजना हुने कार्यक्रममा उनले तिजका गीत गाउने छन् । खुमनसँगै निप्परी स्टेशनको सोनी हलमा शोभा त्रिपाठी र राजन कार्की पनि गुञ्जिने छन् । तिज धमाका—२०१८ नाम दिइएको उक्त कार्यक्रम अपाङ्ग तथा असहायहरुको सहयोगार्थ भनिएको छ । 

थुप्रै गायकगायिका यतिबेला तिज कार्यक्रमका सिलसिलामा नेपाली रहेका विभिन्न देशमा पुगेका छन् । नेपाली बसोबास गर्दै आएका अधिकांश देशमा तिज कार्यक्रम हुने गरेका छन् । यी कार्यक्रममा तिज गीत गाउने कलाकारलाई प्रवासी नेपालीले बोलाउने गरेका छन् । प्रवासमा तिज कार्यक्रम एक–डेढ महिनादेखि हुँदै आएका छन् । यसका कारण तिजमा तिज गायकगायिकालाई नेपालमा हम्मेसी भेट्टाउन सकिँदैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC