site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महानगरसँगको सम्झौता इतिहासकै नमुना : एन्फा अध्यक्ष शेर्पा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ६ वटा ‘ए’ डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको छ । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाले प्रत्येक क्लबलाई ९ लाख ३० हजारसहित केही जिन्सी सामग्री सहयोग गरेको छ ।
महानगरले काठमाडौंका हिमालयन शेर्पा, एनआरटी, मच्छिन्द्र, संकटा, मनाङ मस्र्याङ्दी र सरस्वती युथ क्लबलाई सहयोग गरेको हो । महानगरपालिकाले क्लबसँग ६ बुँदे सम्झौतासमेत गरेको छ । सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट नुरनीधि न्यौपाने र ६ वटै क्लबका अध्यक्षले हस्ताक्षर गरे । 
कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा धेरै दर्शक एकैठाउँमा सहभागि हुने नेपालको लोकप्रिय खेल फुटबलको विकासका लागि महानगरपालिकाले सहयोग गरेको बताए । शाक्यले अगाडि भने, “यो सुरुवात भएको छ । सहकार्य निरन्तर रहन्छ ।” मेयर शाक्यले असोज ३ देखि सुरु हुने सहिद स्मारक लिगमा काठमाडौंका ६ मध्येका क्लबहरुले जित्ने आशासमेत व्यक्त गरे ।
कार्यक्रममा हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरसँग गरेको सम्झौता क्लबहरुले पालना गर्ने प्रतिवद्वता जनाए । शेर्पाले अहिले ‘ए’ डिभिजन लिगलाई सहयोग गरेको र विस्तारै बि र सि डिभिजनका क्लबहरुलाई पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । शेर्पाले नेपालको महानगरसँग भएको सम्झौता इतिहासकै नमुना सम्झौता भएको दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC