site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चालकसहित एघार टिपर प्रहरी नियन्त्रणमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नुवाकोट। त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएका एघार टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
शुक्रबार रातमाटे गाविस–१ महादेवफाँटमा त्रिशूली नदीमा अवैधरुपमा बालुवा झिक्न प्रयोग भएका टिपर तथा स्काभेटरलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार ११ वटा टिपर र त्यसका चालकलाई समेत पक्राउ गरिएको हो । प्रक्राउ पर्ने चालकमा आठ जना धादिङ जिल्लाका, एक जना दोलखा, एक जना मकवानपुर र एक जना सुनसरीका छन् । 
 
प्रहरीले बा३ख ५३१८ नम्बरको टिपर र टिपरका चालक गोगनपानी–१ धदिङका सहदेव नेपाल, बा३ख ५८०८ नम्बरका टिपर र चालक महेन्द्रनगर–१ सुनसरीमा अशोक श्रेष्ठ, बा३ख ३८३३ नम्बरको टिपर र चालक बैरेनी–९ धादिङका जीवन भण्डारी बा३ख ४४९१ नम्बरको टिपर र चालक नौबिसे–२ धादिङका अर्जुन कुँवरलाई पक्राउ गरेको हो । 
 
यस्तै बा२ख ७२५१ नम्बरको टिपर र चालक डाँडाखर्क–३ मकवानपुरका तिलक लामा, बा३ख २७९२ नम्बरको टिपर र चालक भुमेस्थान–६ धादिङका सुरज तामाङ, बा३ख ६९३९ नम्बरको टिपर र चालक जीवनपुर–८ धादिङका श्याम तामाङ बा४ख १६७३ नम्बरको टिपर र चालक महादेवबेँसी–४ का ठूलोकान्छा राई, बा४ख ३५२४ नम्बरको टिपर र बैरेनी–८ धादिङका जयराम भण्डारी, बा३ख ८३१० नम्बरको टिपर र बेला–३ दाङका किरण कुँवर र ना६ख ६६९८ नम्बरको टिपर र चालक कटाकुटी–१ दोलखाका वीर्खबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 
 
प्रहरीले एक थान स्काभेटर र लोडरको तीन वटा ब्याट्री पनि नियन्त्रणमा लिएको छ । अवैधरुपमा बालुवा उत्खनन र ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका चालक र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि जिल्ला विकास समिति नुवाकोटलाई शुक्रबारै बुझाएको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७३  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC