site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
क्रिकेटमा मलिन प्रदर्शन
Sarbottam CementSarbottam Cement

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छोटो समयमै धेरै उपलब्धि हासिल गरेको छ । क्रिकेट एउटा यस्तो खेल बनेको छ, जसले सबै नेपालीलाई खुसी दिने र आफ्नो देशप्रति गर्व गर्नसक्ने बनाएको छ । यसका लागि नेपाली क्रिकेट टोली बधाईका पात्र छन् । नेपाल पहिलोपल्ट एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यो ५० ओभरको एक दिवसीयमा विजयी हुने टिम एसिया कप क्रिकेटमा टेस्ट खेल्ने राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने हुनाले अहिलेको प्रतियोगिताको अत्यन्त ठूलो महत्व छ ।

तर यस खेलमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । शुरुका दुई खेल, ओमान तथा युएईसँग नेपालले लगातार पराजय बेहोरेको छ । नेपालले अझै तीन खेल खेल्न बाँकी छ, मलेसिया, सिंगापुर तथा हङकङसँग । यी तीनै खेलमा नेपाल विजयी हुनसक्यो र ओमान तथा युएईले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने नेपालको अझैपनि फाइनल पुग्ने र एसिया कपमा भारत, पाकिस्तानजस्ता क्रिकेटका पावरहाउससँग प्रतिस्पर्धा गर्न पाउने आशा रहन्छ । नेपालको संभावनालाई सम्पूर्ण रुपमा नकार्न नसकेता पनि अहिलेको अवस्थामा आशा क्षीण भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओमानसँग र युएईसँग दुवै खेलमा नेपाल बलिङ र ब्याटिङ दुवै पक्षमा स्पष्ट ढंगले कमजोर देखियो । यूएइसँगको खेलमा नेपालले शुरुमा धेरै विकेट ढाल्न नसकेका कारण प्रतिस्पर्धी टिम २५४ रनको राम्रो स्कोर बनाउन सफल भयो । आजको खेलमा बलिङभन्दा ब्याटिङ झनै कमजोर देखियो । अघिल्लो पंक्तिमा खेल्ने ब्याट्सम्यानले राम्रो जग बनाउन नसक्दा मध्यम क्रम र तल्लो स्थानबाट खेल्नेहरूले गरेको प्रयासले प्रतिफल दिएन । सुवास खकुरेलले ५० र दीपेन्द्र सिंह ऐरीले ४० रन बनाएका हुन् तर नेपालका भरपर्दा खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल तथा सागर पुनले क्रमशः १६, ४ र ३ रनमात्र बनाउन सफल भए ।

यस खेलमा नवौं स्थानमा आएका सोमपाल कामीले २७ तथा दशौं स्थानमा आएका बसन्तले १२ रन बनाएर हारको फरक कम गर्न सफल भए । बलिङमा सन्दीप लामिछाने राम्रै चले, उनले १० ओभरमा दुई मेडन ओभर फ्याँक्दै केवल २४ रन खर्चेर ४ विकेट लिए र तर अन्य बलरको प्रदर्शन त्यति सशक्त हुन सकेन । ओमानसँगको खेलमा नेपालले बनाएको २२१ रनको स्कोर त्यति ठूलो नभएता पनि नेपालले ५० ओभरको खेलमा त्यति खेलेकोमा कमजोर भन्नु हुँदैन । तर ओमानसँग नेपालको बलिङ अत्यन्त फितलो भयो । त्यसरी हेर्दा हामी बलिङ र ब्याटिङ दुवैमा कमजोर भयौं । कतिपय टिममा एउटा पक्ष कमजोर हुँदा अर्को पक्षले खेल जिताउने काम गर्छ, तर हाम्रो टिममा दुवै पक्षले राम्रैसँग खेल्दा मात्र गेम जित्ने देखियो ।

Global Ime bank

खेलमा एउटा प्रतियोगितालाई आधार बनाएर टिमलाई दोष दिने वा अत्यन्त प्रशंसा गर्नु सही होइन । तर, अब एक दिवसीय अर्थात् वान डे खेल्ने शुरुवात गरेको अवस्थामा अघि बढ्ने रणनीतिमा नेपालले राम्रै तयारी गर्नुपर्ने देखिन्छ । तयारीको शुरुवात क्रिकेट एसोसियसनको सशक्तताबाट हुनु पर्दछ । तर हाम्रो एसोसियसन सधै विवादमा आउने र खेलका लागि भन्दा आफ्नो निजी र आफ्नो समूहको स्वार्थका लागि सधैं बखेडा मच्चाउने नेतृत्व भएका कारणले पनि नेपालको क्रिकेट आफ्नो क्षमता अनुरुप अघि बढ्न नसकेको हो ।

खेलकुद व्यवस्थापन र प्रशासनको क्षमता अभिवृद्धि गरिनुपर्ने विषयमा दुई मत छैन । उता खेलाडीको विषयमा पनि निरन्तर निगरानी राखिनु जरुरी देखिन्छ । कुन खेलाडी कस्तो प्रकारको खेलका लागि सुहाउँदो छ, सोही अनुसार टिममा छनोटमा पारिनु पर्दछ । कुनै खेलाडी टि ट्वान्टीका लागि उपयुक्त छ भने ५० ओभरको म्याचमा उसलाई बेन्चमा बसाउन सक्नु पर्दछ । कुनैबेला नयाँ खेलाडीले प्रतिभा देखाउने संभावना देखियो भने पुरानालाई रेस्ट गराउन पनि क्याप्टेन र म्यानेजर तत्पर हुनु पर्दछ । नेपालको लागि क्रिकेट एक खेल भन्दा माथि एकताको सूत्र तथा गर्व गर्ने आधार हुँदै गएको परिप्रेक्ष्यमा सरकारले यस खेलको संवद्र्धन र विकासमा अझ बढी ध्यान पुर्याउन जरुरी देखिन्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC