देश
सिन्धुपाल्चोक । मंगलबार राती भोटेकोसी नदीमा आएको भिषण बाढीबाट प्रभावित सिन्धुपाल्चोक तातोपानी गाविसका पीडितहरू अझै बाढी आउने भयले धमाधम बस्ती छोडेर अन्यत्र जान थालेका छन् ।
भर्खरै तातोपानीका २३ जना बाढीपीडितहरूलाई नेपाली सेनाको एम आई १७ हेलिकप्टरबाट बाह्रबिसे ल्याइएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीका अनुसार अरु ५० भन्दा बाढीपीडितलाई तातोपानीबाट बाह्रबिसे ल्याउने तयारी छ । उनीहरूलाई अब सडकमार्गबाट काठमाडौँ लगिने प्रजिअ दुवाडीले बताए ।
बाढीले लिपिङ बजारका २० घर बगाउनुका साथै करोडौँको बराबरको धनमाल नष्ट गरेको थियो । त्यस्तै बाढीले तातोपानीमा रहेको मानसरोवर बोर्डिङ स्कुल पनि बगरमा परिणत गरिदिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३ १५:००
प्रतिक्रिया दिनुहोस्