देश
काठमाडौं । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नुवाकोटका ६५ वर्षीय रामभक्त श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएकी उदयपुरकी ९ वर्षीया बालिकालाई श्रेष्ठले शनिबार करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजंगजको हिरासतमा राखि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३ १७:५८
प्रतिक्रिया दिनुहोस्