site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) ।  गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । 
मन्त्रालयले बुधबार ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ । 
यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत थिए । यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । 
यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी किताबखानामा सरुवा गरिएको छ ।

उत्कृष्ट काम गर्ने १२ प्रहरी पुरस्कृत 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर काठमाडौँले असार महिनामा उत्कृष्ट काम गर्ने १२ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ । परिसरले बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई सम्मान गरेको हो । 

जसमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र कमलपोखरीका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्ल र कुलदीप चन्दलाई संयुक्त रुपमा रु ५० हजार, इलाका प्रहरी कार्यालय फर्पिङ र महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक विष्णुप्रसाद सोती र केशव दत्त भट्टलाई संयुक्त रुपमा रु ३५ हजार, महानगरीय प्रहरी प्रभाग कोटेश्वर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब निरीक्षक श्याममणि पोखरेल र विजय भण्डारीलाई संयुक्त रुपमा रु ३० हजार प्रदान गरियो । 

Global Ime bank

यस्तै महानगरीय प्रहरी वृत्त कमलपोखरी र महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक पद्मबहादुर थापा र निर्मला ओझालाई संयुक्त रुपमा रु २५ हजार, महानगरीय प्रहरी प्रभाग नागढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी हवल्दार बलबहादुर सैजुवाल र पितमलाल तामाङलाई संयुक्त रुपमा रु १५ हजार र महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी जवान सविन थापा र तुलसीराम भट्टराईलाई संयुक्त रुपमा रु १० हजार प्रदान गरियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौताबाट स्थापना गरिएको उक्त पुरस्कार काठमाडौँमा उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षकसम्मलाई पुरस्कृत गरिँदै आएको छ । 

उक्त पुरस्कार परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा वितरण गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC