site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वप्रकाशलाई श्राद्धको अवसरमा सेवाको संयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा सामाजिक काममा सक्रिय रहने गर्छन् । शर्मा सोह्र श्राद्धमा आफ्ना स्वर्गिय माता पिताको सम्झनामा सामाजिक काम गर्ने सोचमै थिए । शर्मालाई यसपटक सामाजिक कामको अवसर जुराइदिइको छ, नेपाली जनसम्पर्क समिति लक्जमवर्गले । 
७४ वर्षीया दृष्टिविहिन कमल नयन अधिकारीकी श्रीमती माधवी अधिकारीको धरानको घोपा अस्पतालमा शर्माकै आग्रहमा उपचार सम्पन्न भयो । उता, अधिकारीको अप्रेसन सफल भएलगत्तै शर्मा काठमाडौं आइपुगे धादिङ पीडा गाविसकी मुटु रोगी माया भुजेलको पीडामा मल्हम लगाउन । एकल महिला भुजेलको उपचारका लागि जनसम्पर्क समिति लक्जमवर्गबाट फोन गरेरै रकम हस्तान्तरण गरिदिन आग्रह गरेपछि शर्मा शनिबार सहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्र पुगे । ‘सोह्रश्राद्धमा माताको सम्झनामा केही सामाजिक काम गरौं भन्ने सोचिरहेका बेला लक्जमवर्गका साथीहरुले अवसर जुराइदिनुभयो,” शर्माले भुजेललाई सहयोग रकमको चेक हस्तान्तरणपछि भने,“संयोगवश श्राद्धमा श्रद्धापूर्वक सेवाको संयोग जुर्यो ,साथीहरुलाई ह्रदयदेखि नै धन्यवाद ।”           
शर्माले अस्पताल पुगेर १ लाख २२ हजार ४ सय ४७ रुपैयाँको चेक हस्तान्तरण गरे । उनले  भुजेललाई  स्वास्थ्यलाभको कामना गर्दै आवश्यक थप सहयोगका लागि पनि आफूले पहल गर्ने बताए । मुटुको भल्ब फेर्नुपर्ने भएपछि आर्थिक रुपमा कमजोर अवस्था भएकी धादिङ, पीडा गाविस वडा नं ५ की भुजेल पीडा बोकेर भौतारिरहेकी थिइएन् । लक्जमवर्गमा बस्दै आएका धादिङका प्रविण भण्डारीले उक्त कुरा थाहा पाएपछि जनसम्पर्क समितिमार्फत सहयोग जुटाएका हुन् । नेपाली जनसम्पर्क समिति कांग्रेसको प्रवासस्थित भ्रातृ संगठन हो । 
शर्मा बाँसबारीपछि पुगे खोटाङकी १६ वर्षीया मनिषा श्रेष्ठको उपचार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज । शर्माकै पहलमा त्रिवि शिक्षण अस्पतालमा ब्रेनट्युमरको अप्रेशनपछि स्वास्थलाभ गरिरहेकी श्रेष्ठको थप उपचारका लागि उनकी आमालाई शर्मालगायतको टोलीले आफ्नातर्फबाट संकलन गरेको ३७ हजार थप रकम समेत हस्तान्तरण गरे । सामाजिक सेवाका काममा सक्रिय शर्मा राजनीतिलाई सामाजिक सेवाको भावबाट अघि बढाउनुपर्ने मान्यता राख्दछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC