बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दुर्घटनामा शिक्षकको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज २, २०७३
Laxmi Bank
Laxmi Bank

तुलसीपुर (दाङ), २ असोज । गएराति दाङको  एयरपोर्ट नजिक  शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगी रहेका छन् ।

Duber nepal

Agani Group

मृतक  डाँगी  अमर उच्च मावि उरहरीका विज्ञान शिक्षक हुन् । दुर्घटनामा परी उनकी श्रीमती पुष्पा डाँगी पनि गम्भीर घाइते भएकी छन् । उनलार्इ थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ ।

इप्रका, तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले बस चालकले अत्यधिक मदिरा सेवन गरेर बस चलाउँदा सो दुर्घटना भएको बताए । गाडी चालक र गाडीलाई गएराति नै नियन्त्रणमा लिइएको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज २, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्