देश
काठमाडौं । सार्वजनिक स्थलमा लागुऔषध सेवन गर्ने ४३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार ललितपुरका विभिन्न सार्वजनिक स्थलमा एकैसाथ अप्रेसन गरी ४३ जनालाई पक्राउ गरेको होे । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बाहखरीसँग भने, “ललितपुरमा धेरै सार्वजानिक स्थल छन् । ती स्थानहरुमा बिहानैदेखि कुलतमा फसेकाहरु जमघट भएर लागु पदार्थ सेवन गर्ने, होहल्ला गर्ने गरेको पाइएपछि हामीले १७ स्थानमा एकै समयमा अप्रेशन गरी ४२ जनालाई पक्राउ गरेका हौं ।” कुपण्डोलस्थित युएन पार्क, बागमती किनार, च्यासल, भैँसेपाटी लगायतका सार्वजनिक स्थलमा र खाली स्थानमा विभिन्न खालका विकृतिहरु हुन थालेको गुनासो आएको एसएसपी अधिकारीले बताए । नियन्त्रणमा लिइएका ४३ जनालाई अनुसन्धान गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७३ २१:३५
प्रतिक्रिया दिनुहोस्